संबिधान बचाउनु हाम्रो पहिलो दायित्व हो: डा.शेखर कोइराला

  • सञ्चार लाइभ प्रकाशित : February 8, 2021
  • SancharLive

काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संबिधान बचाउनको लागी संसद पुनःस्थापना गर्नु पर्ने बताएका छन् ।

रेडियो काठमाण्डुसँगको कुराकानीमा कोइरालाले पार्टी भन्दा राष्ट्र ठूलो भएको भन्दै संबिधान बचाउनको लागी भए पनि संसद पुन स्थापना गर्नु पर्ने बताए ।

साथै राष्ट्रमा द्धन्द भए संबिधान खेर जाने भन्दै नेता कोइरालाले संबिधान बचाउनु आफुहरुको पहिलो दायित्व भएको बताए ।

उनले भने “राष्ट्रमा द्वन्द्व भएमा संबिधान खेर जान्छ । पार्टी भन्दा राष्ट्र ठुलो हो । संबिधान बचाउनको लागी भए पनि संसद पुन स्थापना गर्नु पर्छ । पहिलो दायीत्व हामीहरुको संबिधान बचाउने हो ।”