एन्फा र टर्नपाईक इभेन्ट प्रालिबीच सम्झौता

  • सञ्चार लाइभ प्रकाशित : February 8, 2021
  • SancharLive

काठमाडौं । ’ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ ।

एन्फाले राष्ट्रिय फुटसल लिगको विवरण सार्वजनिक गर्ने तथा प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाईकसँग आइतबार सम्झौता गरेको हो ।

एन्फाको फुटसल कमिटिका सयोजक रत्न कुमार श्रेष्ठ र टर्नपाईकका सीईओ उकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार टर्नपाईकले एन्फालाई २९ लाख उपलब्ध गराउने छ । सम्झौतापछि बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यसलाई ऐतिहासिक सम्झौताको रुपमा लिएको बताए ।

फुटसलको ’ए’ डिभिजन लिग बैशाख २५ देखि जेठ १५ सम्म पोखरामा संचालन हुनेछ ।

एन्फा फुटसल कमिटिले आयोजना गर्ने लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छन् । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउने छन् ।