भारतमा हिमनदी फुट्दा ११ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

  • सञ्चार लाइभ प्रकाशित : February 8, 2021
  • SancharLive

काठमाडौं । उत्तर भारतमा नंदादेवी हिमनदी हिजो फुट्दा आएको बाढीका कारण ११ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी बेपत्ता भएका छन्।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले अहिलेसम्म ११ शव भेटिएको र २०३ जना हराइरहेको जानकारी दिएका छन्।

यससँगै नदीको तटीय क्षेत्रका मानिसहरुलाई सजग रहन आग्रह गरिएको छ । सरकारले तटीय क्षेत्रमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सर्न सुझाव दिएको छ ।