‘शहीदको रगतले पोल्नेछ, जनताले विद्रोह बोल्नेछ’

  • सञ्चार लाइभ प्रकाशित : February 8, 2021
  • SancharLive

काठमाडौं। प्रतिगमनका विरुद्ध शहीद तथा बेपत्ता परिवारले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म निकालिएको र्यालीपछि कोणसभामा परिनत  भएका छन् ।

शहीद तथा बेपत्ता योद्धा परिवार, बागमतीले आयोजना गरेको विरोध प्रदर्शनमा शहीद तथा बेपत्ता परिवारका सदस्यहरुको सहभागिता छ ।

उनिहरुले ‘शहीदको बलिदान, हाम्रो शान, जनताको शक्ति छ महान’ लेखिएको व्यानर बोकेका छन् ।

‘शहीदको रगतले लेखिएको संविधानको रक्षार्थ सम्पूर्ण शहीद तथा बेपत्ता योद्दा परिवारहरु एकजुट होऔं, प्रतिगामी कदमको भण्डाफोर गरौं’ भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएकाहरुले नेपालको संविधान हात–हातमा लिएर प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको संकेत गरेका छन ।