संसद बिघटन गरेको भन्दै विवेकशीलद्धारा जुत्ता प्रदर्शन

  • सञ्चार लाइभ प्रकाशित : February 8, 2021
  • SancharLive

काठमाडौं । प्रधानमन्त्रीले संविधान कुल्चिएर संसद बिघटन गरेको भन्दै विवेकशील पार्टीले काठमाडौंमा जुत्ता प्रदर्शन गरेको छ ।

सोमबार काठमाडौंको माइतिघरमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कुल्चिएर संसद विघटन गरेको भन्दै उनीहरुले जुत्ता प्रदर्शन गर्दै विरोध गरेका हुन् । जुत्ता प्रदर्शन गर्दै उनीहरुले संसद विघटनको घोषणालाई तत्कालै खारेज गर्नुपर्ने माग गरेका छन् । उनीहरुले ‘संसद विघटन खारेज गर’, ‘विधि र विधान नकुल्च’, लगायतका नारा लेखिएको प्लेकार्ड प्रर्दशन गरेका थिए ।

उनीहरुले संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध पनि नारावाजी गरेका थिए । विवेकशील पार्टीले संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको छ ।