शिक्षकको सेवा-सुविधा वृद्धिको फाइल ओली नेतृत्वको सरकारले थन्क्याएर राख्याे- प्रचण्ड

  • सञ्चार लाइभ प्रकाशित : February 8, 2021
  • SancharLive

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक तथा वुद्धिजीविहरूसँग प्रधानमन्त्री केपी शर्मा ओली तर्संने बताएका छन्।

एकीकृत नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकको उद्घाटनमा अध्यक्ष प्रचण्डले
प्रधानमन्त्री ओलीनै शिक्षा क्षेत्र सुधार गर्न राेकेकाे बताए ।

उनले ओली नेतृत्वको सरकारले शिक्षकको सेवा-सुविधा वृद्धिको फाइल मन्त्रिपरिषद्‌मा थन्क्याएर राखिएको आरोप पनि लगाए

‘हाम्राे नेतृत्वमा सरकार भएकाे बेला, हामिले नै प्रस्तुत गरेकाे सबै सुझावहरू याे प्रतिगमन परास्त गरेपछि कार्यान्वयन गरिन्छ ।’ उनले भने ।