कोरोना संक्रमितको संख्या घट्दै

  • सञ्चार लाइभ प्रकाशित : February 10, 2021
  • SancharLive

 देशभर पछिल्लो २४ घन्टामा थप १ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घन्टामा १ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ६० जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ । यीमध्ये १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर थप १ सय ६५ जनाले कोरोना संक्रमण जितेका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ६५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६८ हजार ४ सय ३१ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । मन्त्रालयकाअनुसार देशभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७ जना पुगेको छ ।