म्यानमारमा पुन: प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी

  • सञ्चार लाइभ प्रकाशित : February 11, 2021
  • SancharLive

अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमा पुन: प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएपछि बाइडेनकाे यस्ताे चेतावनी आएकाे हाे ।

म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध गर्दै म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन् । अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी दिएका छन् ।