प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षको बहस सकियो, आइतबार रिट निवेदकले जवाफ दिने

  • सञ्चार लाइभ प्रकाशित : February 11, 2021
  • SancharLive

प्रतिनिनिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलामास जारी बहसमा सभामुख अग्नीप्रसाद सापकोटाको तर्फबाट पनि बहस सकिएको छ ।

सरकारी पक्षको बहस सकिएपछि सभामुखको तर्फबाट तीन जना अधिवक्ताले गर्नुभएको बहस आजै सकिएको हो ।

सरकारी र सभाुमखको बहस सकिएसँगै आइतबारदेखि रिट निवेदकहरूले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् ।

प्रधानन्यायाधीशले बढीमा ५ जनाले मात्र रिट निवेदकहरूले मात्र जवाफ दिन आग्रह गर्नुभएको छ । तर, निवेदकहरूले भने धेरै अधिवक्ताले जवाफ दिनु पाउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्धको बहस प्रधान्यायाधीश चोलेन्द्रशमसेर जबरासहित न्यायाधीशहरू विश्म्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजालासमा चलिरहेको छ ।