चौतर्फी बिरोधपछि रामकुमारी झाँक्री हिरासत मुक्त

  • सञ्चार लाइभ प्रकाशित : February 11, 2021
  • SancharLive

नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पाँच घण्टा हिरासतमा राखेर छाडेको छ।

झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र दबाब परेपछि प्रहरीले उनलाई बिहीबार साँझ रिहा गरेको हो।

गोरखाको एक आमसभामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो।