खेलाडी गुफी र रोबोट

  • सञ्चार लाइभ प्रकाशित : February 12, 2021
  • अनुवादकः विनय कसजू

दौड सुरु भइसकेको थियो । खेलाडीहरूलाई उत्साहित गर्न दर्शकहरूले ताली बजाएर हल्ला गरिरहका थिए । दौड सकिने अन्तिम रेखामा फोटो पत्रकारहरू फोटो खिच्न तयार थिए ।

खेलाडी गुफी बेतोडसँग दौडँदै लाइनमा आइपुग्यो । उसले दौड प्रतियोगिता जित्यो ।
“गुफी साँच्चै महान खेलाडी हुन् ।” गुफीलाई रुचाउने दर्शक चिच्यायो ।

“ऊ बतासझैँ दगुर्छ ।” अर्को करायो ।

तर त्यहाँ गुफीले जितेकोमा खुशी नहुने एक जना थियो । त्यसको नाम पिटे थियो । ऊ दुष्ट थियो ।

मेयरले गुफीलाई पुरस्कार दिएको पिटेले हेरिरहेको थियो । मेयरले गुफीलाई पदकसँगै ठूलै रकमको चेक पनि दियो ।

“गुफीले पाउने त्यो अन्तिम रकम हो ।” पिटेले मनमनै भन्यो, “अब हुने दौडमा यो चेक मैले पाउनेछु ।” भन्दै पिटेले खुट्टा बजार्यो ।

पुरस्कार बाँडेपछि मेयरले लामो भाषण गर्न लागेका थिए । तर गुफीले “मेरो अलिकति काम बाकी छ ।” भन्दै त्यहाँबाट हिँड्यो ।

सबैभन्दा पहिले ऊ बैँकमा गयो । उसले चेक साटेर नगद लियो । त्यसपछि ऊ खेलकुदका सामान बेच्ने पसलमा गयो । त्यहाँ उसले रकेट, व्याट, बल र खेलका थुप्रै सामान किन्यो । ती सामानको भारी बोकेर त्यहाँबाट ऊ दगर्ुर्दै एउटा घरमा पुग्यो ।

त्यो घरमा आमाबा नभएका टुहुरा केटाकेटीहरू बस्थे । “हेर त केटा हो मैले तिमीहरूको लागि के ल्याएको छु ।”उसले ती केटाकेटीहरूलाई भन्यो ।

खेलाडी गुफी उनीहरूकहाँ जहिले आए पनि उनीहरू खुशीले उफ्रन्थे । गुफी उनीहरूको सबैभन्दा असल साथी थियो ।

गुफीले सबै केटाकेटीलाई खेलकुदका सामान वाँड्यो । उनीहरूले गुफीलाई धन्यवाद दिए । टुहुरा घरका व्यवस्थापकले पनि उसलाई धन्यवाद दियो ।

“अर्को साता फेरि दौड प्रतियोगिता हुँदैछ ।” खेलाडी गुफीले भन्यो, “त्यसमा जितेँ भने पुरस्कारको रकमले केटाकेटीलाई खेल्नको लागि अगाडिको चौर किनिदिन्छु । त्यति भएपछि उनीहरूलाई उफ्रन खेल्न ठाउँ पुग्छ ।”

तर दुष्ट पिटेले अर्कै चाल चल्ने तयारी गर्दै थियो । उसले एउटा रोबोट बनाउँदै थियो । रोबोट तयार भएपछि त्यसलाई गुफीसँग दौडाउने उसको बिचार थियो ।

“मेरो रोबोट साँच्चैको खेलाडीजस्तै देखिने छ । त्यसले सबैलाई झुक्याउने छ ।” पिटे मनमनै हाँस्यो ।