हुर्काइमा धर्म संस्कृतिको जग र रचनात्मक चिन्तनको प्रश्न

  • सञ्चार लाइभ प्रकाशित : February 12, 2021
  • SancharLive

एकजना आधुनिक विचारका मित्र आफूलाई प्रगतिशीलदेखि ‘लिबरल’ जमातको मुखर प्रवक्ता लगायत अन्य नाना थरीका  विभूषणले स्वमहिमामण्डित गर्न किञ्चित पनि लाज, शर्म अथवा अपराधबोधको अनुभूति गर्नु हुन्न। हुन त मेरो  मात्रै होइन, तपाईंको मित्र टोलीमा पनि यस्ता स्वनामधन्यहरुको बाक्लै उपस्थिति होला।  बेला मौका यिनीहरुका कुतर्कले आजित आएर तपाईंलाई आफ्नै बुद्धिको विसर्जन गरी ‘प्रभु मलाई भेड़ो बनाई देऊ’ भन्ने चिता वैराग्य पनि आउँछ  होला।

विज्ञान विषयक चर्चा गर्ने निम्तो दिएर यसै प्रवृतिका एकजना मित्रले भृकुटी मण्डपको प्रांगड़मा बोलाए।  ‘बिगब्याङ्ग’देखि नै उनले जिज्ञासा राखे। आकाशगंगाहरुको निर्माण, ताराहरुको उत्पत्ति, सौर्यमण्डलको गठन, सौर्यमण्डलको एक सदस्य ग्रह पृथ्वीमा जीवनको  आकस्मिक उत्पत्ति र विकास एवं विकासका विभिन्न सोपान पार गर्दै झण्डै २.५ मिलियन वर्ष पहिला विकासरूपी वृक्षको अनन्त  हाँगामध्ये कुनै हाँगामा आएको उत्परिवर्तनका कारण आधुनिक मनुष्यका आदिम पुरखाको अभ्युदय  र आजभन्दा झण्डै ७० हजार  वर्ष पहिला त्यसबेला भएका अनेको मानिसरूपी प्रजाति मध्ये ‘होमो सेपियन्स’ अर्थात हामीमा अकस्मात् प्रादुर्भाव भएको बुद्धि / स्मृति नामक जैविक हतियारबारे विशद चर्चा  भए ।
उनले सो, तपाईंलाई ‘बिगब्याङ्ग थ्योरी’मा कतिको विश्वास लाग्छ ?’०.५ प्रतिशत पनि लाग्दैन।’
मेरो जबाब सुनी  उनी छक्क परे।

‘तपाईं पनि अचम्मको मानिस! यतिको ‘डिटेल’ अध्ययन भएर पनि तपाईंलाई विश्वास लाग्दैन ?’

मित्र ‘डिटेल’ अध्ययन गरेर नै  विश्वास /अविश्वास गर्ने निष्कर्षमा  पुग्नु पर्ने होइन र ? मैले यसमा कुनै अपराध गरें ?  थोरै मात्र अध्ययन गरे पनि विज्ञानको सृष्टिसम्बन्धी अवधारणाभन्दा मलाई मेरै धर्मग्रन्थको यस विषयक अवधारणा धेरै ठीक लाग्छन्। ‘बिगब्याङ्ग’भन्दा सृष्टिको स्रष्टा ब्रह्म हुन् भन्ने अवधारणा मलाई उपयुक्त लाग्छ।

‘अनि ब्रह्मको सृजन कसले गरे नि ?’ मित्रले पुरानै ब्रह्मास्त्र  प्रहार गर्नु भयो।

‘यही प्रश्न तपाईं एकपटक कुनै वैज्ञानिक अथवा विज्ञानका नामुद प्रोफेसरसँग गरेर आउनुस्, त्यसपछि म तपाईंलाई जबाब दिउला। सोध्नुस कुनै प्रोफेसरसंग जुन ‘स्मॉलेस्ट पार्टिकल’मा बिगब्याङ्ग घटित भएर ब्रह्माण्डको सृजन भयो, त्यो ‘पार्टिकल’ कहाँबाट आयो, त्यसको ‘सोर्स’ के थियो ?  यदि तपाईंले प्रोफेसरको जबाब बुझ्न सक्नुभयो भने शायद तपाईं मसंग फेरि यो प्रश्न दोहर्‍याउने धृष्टता पनि गर्न सक्नु हुन्न होला।’

‘तपाईंका धर्म ग्रन्थ अनेकन अन्याय, उत्पीड़न, शोषण, दलितप्रति गर्ने चरम दमनले भरिएका छन्, तिनको के कुरा गर्नु ?’

‘मलाई कुनै एउटा उदाहरण दिन सक्नु हुन्छ ?’

‘तपाईं सबैको बचाव गर्न सक्नु हुन्छ ? यो त तपाईंको घमण्ड भएन र ??’

‘आफै बोक्सी आफै झाँक्री किन बन्नु हुन्छ, मैले बचाव गर्ने कुरै गरेको छैन।  बचाव गर्ने अथवा प्रहार गरी केहीलाई ध्वस्त गर्ने ठेक्का मैले पाएको होइन।  फेरि एक पटक थोरै भए पनि ”क्वाण्टम मेकानिक्स” पढ़ेको मानिसले ”यस्तो बचाव अथवा ध्वस्त गर्ने” मूर्खता गर्दैन। ”एभरीथिङड इज पोसिबल इन क्वाण्टम वर्ल्ड” ।’

‘रामले बालिलाई मार्नु अन्याय, अपराध होइन र ? बालिसँग रामको के शत्रुता ? उसकै राज्यमा वनवासी झैँ प्रवेश गरी छल कपटपूर्वक

उसलाई मार्नु कसरी न्यायोचित हुन सक्छ ? के उसको अपराध दलित हुनु, भुई  मानिस हुनु, अविकसित एवं राम झैँ सुसंस्कृत  हुनुको सट्टा पिछडिएको जनजातिको मानिस हुनु नै   थियो ? यस्तो हत्यारा रामलाई तपाईंहरुका धर्मग्रन्थले  आदर्श र मर्यादाको प्रतीक भन्छन्, राम कसरी कुनै पनि समाजका लागि सामाजिक समरसताका प्रतीक हुन सक्छन् ?’

बन्धु, तपाईंले उल्लेख गरेको प्रसंगबाटै मैले थाहा पाएF, तपाईंले आफ्नो ज्यानलाई कष्ट दिएर हिन्दू धर्मका कुनै ग्रन्थलाई पढ्नु भएको छैन। तपाईं जुन वर्गको चरित्र र प्रवृति बोकेर उधारोको जीवन बाँचिराख्नु भएको छ, त्यसकै कुनै कुतर्कीले उठाएको सन्देह थियो यो  र यस सन्देहको निवारण मभन्दा पहिला धेरै जनाले धेरै पटक गरिसक्नु भएको छ।  तपाईंले कुतर्कीले उठाएका सन्देह खोजी खोजी पढ्नुभयो,  तर ती सन्देहलाई परिलक्षित गरेर दिएका जवाफसम्म न तपाईंको दृष्टि  पुग्यो, न कहिल्यै यस्तो पढ्ने चाहना नै जाग्रत भयो। तपाईंले त मलाई रामको मर्यादा अक्षुण्ण राख्न बड़ो सरल अवसर दिनुभयो।  अब, थाहा छ मलाई तपाईंले रामायण पढ्नु भएको छैन।  संयोगले पाएको अवसरमा अलि कति भए पनि   तपाईंलाई सुनाउने प्रयास गर्छु। तपाईंले उठाएको शंका प्रसंग सुन्नुस् –

सुनत बालि क्रोधातुर धावा। गहि कर चरन नारि समुझावा॥

सुनु पति जिन्हहि मिलेउ सुग्रीवा। ते द्वौ बंधु तेज बल सींवा॥

कोसलेस सुत लछिमन रामा। कालहु जीति सकहिं संग्रामा॥

कह बाली सुनु भीरु प्रिय समदरसी रघुनाथ।

जौं कदाचि मोहि मारहिं तौ पुनि होउँ सनाथ॥

मारा बालि राम तब हृदय माझ सर तानि॥

परा बिकल महि सर के लागें। पुनि उठि बैठ देखि प्रभु आगे॥

पुनि पुनि चितइ चरन चित दीन्हा। सुफल जन्म माना प्रभु चीन्हा॥

हृदयँ प्रीति मुख बचन कठोरा। बोला चितइ राम की ओरा॥

धर्म हेतु अवतरेहु गोसाईं। मारेहु मोहि ब्याध की नाईं॥

मैं बैरी सुग्रीव पिआरा। अवगुन कवन नाथ मोहि मारा॥

अनुज बधू भगिनी सुत नारी। सुनु सठ कन्या सम ए चारी॥

इन्हहि कुदृष्टि बिलोकइ जोई। ताहि बधें कछु पाप न होई॥

मूढ़ तोहि अतिसय अभिमाना। नारि सिखावन करसि न काना॥

मम भुज बल आश्रित तेहि जानी। मारा चहसि अधम अभिमानी॥

सुनहु राम स्वामी सन चल न चातुरी मोरि।

प्रभु अजहूँ मैं पापी अंतकाल गति तोरि॥

सुनत राम अति कोमल बानी। बालि सीस परसेउ निज पानी॥

अचल करौं तनु राखहु प्राना। बालि कहा सुनु कृपानिधाना॥

राम  ऋष्यमूक पर्वत छेउ पुग्दा तपाईंले भने अनुसार कै एकजना दलित-पिछडिएको जनजातिका हनुमानले दलित (सुग्रीव ) र ‘एलिट क्लास’ (राम ) बीच मैत्री गराइदिए। दलित मित्र सुग्रीवलाई न्याय दिलाउन खातिर रामले अठोट गरे। सुग्रीवलाई दाजु बालीसँग युद्ध गर्न प्रोत्साहित गरे रामले।  महान हिन्दू धर्म संस्कृतिमा पञ्च कन्या कै स्थान प्राप्त बालि पत्निलाई रामको महिमा विदित थियो। उनले पति बालीलाई युद्धमा जानबाट रोक्ने प्रयास गरिन्।  बाली पनि तपाईंले सोचे झै अनपढ़ -गवार- जाहिल- पिछडिएको थिएन। उसले पत्नी तारालाई सम्झाउँदै भन्छ-

कह बाली सुनु भीरु प्रिय समदरसी रघुनाथ।

जौं कदाचि मोहि मारहिं तौ पुनि होउँ सनाथ॥

समदर्शी रघुनाथका हातबाट मर्न पाए मेरो जीवन नै सफल हुन्छ प्रिये! बालीले मर्नुभन्दा पहिला युद्धमा जाने बेलामै रामलाई समदर्शी भन्छ ।

रामको बाण लागि मरणासन्न भई ढल्दा प्रभु रामतिर हेर्दै उसले भन्छ –

पुनि पुनि चितइ चरन चित दीन्हा। सुफल जन्म माना प्रभु चीन्हा॥

हृदयँ प्रीति मुख बचन कठोरा। बोला चितइ राम की ओरा॥

धर्म हेतु अवतरेहु गोसाईं। मारेहु मोहि ब्याध की नाईं॥

मैं बैरी सुग्रीव पिआरा। अवगुन कवन नाथ मोहि मारा॥

हे प्रभु! धर्म रक्षाका लागि अवतार लिनु भएको हजुरले मलाई लुकेर किन मार्नु भयो ? सुग्रीव तपाईंलाई प्यारो र म बैरी कसरी भएँ ?

प्रत्युत्तरमा भगवान रामले किष्किन्धाकाण्डको यस प्रकरणमा बालीसँग भन्नुहुन्छ –

अनुज बधू भगिनी सुत नारी। सुनु सठ कन्या सम ए चारी॥

इन्हहि कुदृष्टि बिलोकइ जोई। ताहि बधें कछु पाप न होई॥

भाइबुहारीप्रति कुदृष्टि हाल्ने तिम्रो एउटै अपराध पर्याप्त होइन र बाली ?

तिमी पश्चाताप गरी न्यायको बाटो हिँड्छौ  भने म तिमीलाई पुनः जीवन दान दिन्छु। भगवान रामका करुनासिक्त वाणी सुनेर तपाईंले आफु जस्तै दीन हीन ठानेको बालीले भन्छ –

सुनहु राम स्वामी सन चल न चातुरी मोरि।

प्रभु अजहूँ मैं पापी अंतकाल गति तोरि॥

जन्म जन्म मुनि जतनु कराहीं। अंत राम कहि आवत नाहीं॥

जासु नाम बल संकर कासी। देत सबहि सम गति अबिनासी॥

सो नयन गोचर जासु गुन नित नेति कहि श्रुति गावहीं।

जिति पवन मन गो निरस करि मुनि ध्यान कबहुँक पावहीं॥

मोहि जानि अति अभिमान बस प्रभु कहेउ राखु सरीरही।

अस कवन सठ हठि काटि सुरतरु बारि करिहि बबूरही॥

बालीलाई कुनै आपत्ति  नभएको प्रकरणमा जसको सविस्तार वर्णन छ रामायणमा, त्यसलाई नपढी तर्क गर्ने चेष्टा गर्नुहुन्छ भने तपाईं जस्तो बुद्धिमानको म पनि राम जस्तै बुद्धिहत्या गर्न सक्षम छु।  के रामले बालिको राज्यमा अधिकार गरे ? के बालि पत्नि र उसको पुत्र अंगदमाथि अन्याय हुन दिए ? रामको समरसताबारे तपाईं जस्ता पिँध नै नभएको मष्तिष्कधारीसँग के कुरा गर्नु ! तपाईंका गुरुहरुले उठाएका तर्कबाहेक तपाईंलाई न रामको बारे केही थाहा छ,न रामायणका बारे,न हिन्दू धर्मक अन्य धर्मग्रन्थबारे ! तपाईं जस्ता कूपमण्डूक भन्दा उ ब्राजीलको राष्ट्रपति नै  राम्रो, जसले कोरोना भ्याक्सिन पाएपछि भारतलाई धन्यवाद दिदै हनुमानले सञ्जीवनी बूटीको पहाड उठाई ल्याएको प्रसंग सम्झिँदै आफ्नो ट्वीटमा हनुमानजीको त्यहफ ‘पोज’को चित्र हालेर कृतज्ञता  प्रकट गरे।

‘तपाईंले त मलाई ठहरै पारी दिनुभयो।  मैले यस ‘एंगल’बाट पहिला किन सोचेको रहेछु’ मित्रले आश्चर्य भाव प्रकट गर्दै भने।

तपाईंसँग यो सोचने सामर्थ्य नै छैन।  जसको हुर्काइमा आफ्नो धर्म संस्कृतिको जग नै निर्मित भएको हुँदैन। अथवा जुन किसिमको जग हुन्छ, उसको चिन्तन र विचारणा त्यै किसिमले अगाडि बढ्छ।  तपाईं धर्मलाई अफीम मान्ने विचारधाराले ओतप्रोत भएको मानिसबाट रचनानात्मक चिन्तनको आस नै गर्न सकिन्न।

रामलाई बुझ्न  चाहनु हुन्छ भने रामायण पढ्नुस्, त्यो पनि मार्क्सवादी चश्मा फुकालेर।  राम र केवटको मित्रता, राम- शबरी प्रसंग,राम-सम्पादि -जटायु प्रसंग, के के भनौं तपाईंलाई, मेरो पनि स्मृतिको ‘लिमिटेशन’ छ।  हो, तपाईंहरु एउटा कुरा किन बिर्सनु हुन्छ, बालि यदि दलित थियो भने हनुमान पनि त्यै वर्गबाट आएका  होइनन् र ? प्रत्येक हिन्दूका घरमा हनुमानजीको फोटो हुन्छ,उनको पूजा गरिन्छ। के यसले स्पष्ट हुन्न र हिन्दू धर्ममा दलितप्रति भेदभाव थिएन ?

‘जीवनमा पहिलो पटक यतिको शर्मसार हुनु परयो,मसंग भन्न केही बाँकी नै छैन।’ मित्रले बालीझैँ विनीत  भावले भने।

पश्चाताप उत्तम गुण हो मित्र,

यसका साथै हिन्दू धर्मले क्षमालाई धर्मको अनिवार्य शर्त पनि भनेको छ।  तपाईंले पश्चाताप गर्दा यदि मैले धर्म निर्देशित क्षमा पालन गरिनँ भने म धर्मच्युत हुन्छु यो बोध हुँदा हुँदै मबाट यसको अन्यथा केही हुन सक्दैन।

Title Photo: https://www.chinmayaupahar.in