प्रचण्ड नेपाल पक्षकाे ६८ जिल्लामा नेतृत्व चयन

  • सञ्चार लाइभ प्रकाशित : February 22, 2021
  • SancharLive

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ। उक्त पक्षले जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो। प्रचण्ड नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेपछि जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन्।

पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्। नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ। काठमाडौं अध्यक्षमा बसन्त मानन्धार र सचिवमा हिमाल शर्मालाई तय गरिएको छ भने ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा र सचिव राजकाजी महर्जन चयन हुनुभएको छ ।गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले बताएकोे छ।