प्रधानमन्त्रीको कुर्सीमा बसेर जानेको, सकेको गर भन्न मिल्दैनः डा. भट्टराई

  • सञ्चार लाइभ प्रकाशित : March 1, 2021
  • SancharLive

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले प्रधानमन्त्रीको कुर्सीमा बसेर दम्भ र हठ प्रदर्शन गर्न नहुने बताउनु भएको छ ।

भट्टराइले प्रधानमन्त्रीको कुर्सीमा बसेर जानेको सकेको गर, म कसैलाई टेर्दिन भनेर हठ गर्न नहुने बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते विघटन भएको संसद पुनस्थापना भएपछि प्रधानमन्त्रीको कुर्सीबाट राजिनामा नदिने, तर सकेको गर्न दाहाल-नेपाल समूहलाई चुनौती दिँदै आउनु भएको छ ।

स्वास्थ्योपचारमा दिल्लीमा रहनु भएका भट्टराइले हलो अड्काएर गोरू चुट्नु कुनै पौरख नभएको टिप्पणी गर्नु भएको हो ।

उहाँले टिव्टरमा लेख्नु भएको छ, ‘बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता ।’

नेता भट्टराइले अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएको तर्क गर्नुभयो ।

अबको राजनीतिक निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्रीको भएको भन्दै भट्टराइले अतिले खति गर्ने उल्लेख गर्नु भएको छ ।