म्यानमारको सेनाले सञ्चालन गरेका पाँच च्यानल युट्युबद्वारा डिलिट

  • सञ्चार लाइभ प्रकाशित : March 7, 2021
  • SancharLive

शुक्रबार म्यानमारमा सैन्य कूविरुद्धको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको विषयमा अन्तर्राष्ट्रियरुपमा व्यापक आलोचना भइरहेको अवस्थामा अर्का एक प्रदर्शनकारीको मृत्यु भएको हो । यसअघि गत बुधबार म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

यस्तै सामाजीक संजाल युट्युबले म्यानमारको सेनाले सञ्चालन गरेका पाँच च्यानल डिलिट गरेको छ । गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएको सेनाले प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्दै आएको छ ।

हिंसा बढ्दै गएपछि युट्युबले सेनाका च्यानल डिलिट गरेको हो । सामाजिक निर्देशिका उल्लंघन गरेका कारण पाँच च्यानल डिलिड गरिएको शुक्रबार युट्युबले बताएको हो । फेब्रुअरी १ मा सेनाले निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हत्याएसँगै त्यसको विरोधमा प्रदर्शन हुँदै आएका छन ।