दर्शक र श्रोतामाझ चम्कदै “उखु गुलियो” (भिडियो)

  • सञ्चार लाइभ प्रकाशित : March 7, 2021
  • SancharLive

गायक चन्द्र शर्मा र गायिका जानुका तामाङको आवाजमा रहेको लोकदोहोरी गीत पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोकसंगितको क्षेत्रमा चर्चा परिचर्चामा रहेको छ ।

उक्त लोकदोहोरी गीतमा प्रतिभाशाली कलाकार नेत्र अर्यालको शब्द सिर्जनामा चर्चित सर्जक तथा गायक खेम सेञ्चुरीको लय संकलनमा गायिका जानुका तामाङको लोकदोहोरी कोसेली “उखु गुलियो” ले छोटो समयमा नै दश लाख भन्दा बढि दर्शक र श्रोताहरुको माया पाएको छ ।

सुनिल क्षेत्रीको निर्देशन तथा कोरियोग्राफी रहेको लोकदोहोरी गायक तथा मोडल खेम सेञ्चुरी, अञ्जली अधिकारी, जुना सुन्दास, करिश्मा ढकाल, गीता ढुङ्गाना, लोसिना लामिछानेको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोमा नवराज उप्रेतीले छाँयाकन तथा बिकास ज्ञावालीको सम्पादन रहेको छ । उक्त लोकदोहोरी गीतलाई खेम सेञ्चुरीको आधिकारिक युटूव च्यानलबाट (भिडियो सहित) बजारमा सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडियो :