गाम्नाङटार सेवा समाजले वृद्धवृद्धालाई सम्मान गर्ने

  • सञ्चार लाइभ प्रकाशित : March 9, 2021
  • लिला श्रेष्ठ

बिभिन्न सामाजिक काम गर्दै आएको गाम्नाङटार सेवा समाज ओखलढुङ्गा–काठमाण्डौले आगामी चैत्र १ गते ओखलढुंगा लिखु गाउँपालिका स्थित ग्रामोदय युगकवि सिद्धिचरण मा.वि गाम्नाङटार,ओखलढुङ्गाको स्थापना दिवसको अवसर पारेर गाम्नाङटारमा रहेका सबै बिद्यालयका प्रत्येक कक्षाका जेहन्दार १ जना छात्रा र १ जना छात्रलाई छात्राबृति तथा ७० बर्षमाथिका वृद्धवृद्धालाई सम्मान कार्यक्रम गर्ने भएको छ।
यता ग्रामोदय युगकवि सिद्धिचरण मा. वि. कै खेल मैदानमा फागुन २७, २८ र २९ गते हुन गईरहेको गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने बिद्यालयका षुरुष तथा महिला खेलाडीलाई रु. १५,०००/- बराबरको खेल ड्रेस पनि प्रदान गरिएको गाम्नाङटार सेवा समाजका अध्यक्ष चित्रबहादुर थापाले जानकारी गराएका छन् ।