प्रतिगमनकारी कदम चाल्ने ओलीलाई साथ दिनु हुँदैन-जसपा

  • सञ्चार लाइभ प्रकाशित : March 10, 2021
  • SancharLive

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी भएको ठहर गर्दै तत्काल उनलाई सहयोग नगर्ने निष्कर्ष निकालेको छ ।

संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको प्रतिनिधिसभा सदस्य एवम् जसपाका कार्यकारीणी सदस्य राजकिशोर यादवले जानकारी दिए । प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमको अधिकांश सांसदले विरोध गरेको बताउँदै यादवले यस अवस्थामा उनलाई सहयोग गर्नु आत्मघाती हुने निष्कर्षमा सांसदहरु पुगेको बताए ।