ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको सेवा निरन्तरता

  • सञ्चार लाइभ प्रकाशित : March 10, 2021
  • लिला श्रेष्ठ

-भौतिक रुपमा आफ्नो मातृभुमिलाई छोडेर विभिन्न पेशा व्यावसाय गर्नको लागि परदेशिनु नेपाली दाजुभाई दिदिबहिनीहरुलाई कुनै रहर छैन र हैन पनि। देशको बिद्यमान परिस्थिति,निम्न आय स्रोत, काम नपाउनु,पारिबारिक अवस्था आदि सबै कुराहरूले बिदेशीन सहयोग गरेको हुन्छ।
अहिलेसम्म देशको आय स्रोतको एक हिस्सा वैदेशिक रोजगारीलाई मान्ने गरिएको छ। तर वैदेशिक रोजगार आफैंमा सुरक्षित छैन भन्ने विभिन्न उदाहरणहरु हामीले देख्दै भोग्दै आएका छौँ।
नेपालका विभिन्न स्थानबाट वैदेशिक रोजगारीको लागि बिश्वका धेरै ठाउँमा नेपालीहरु गएका छन। त्यसमा पनि दक्षिण कोरिया युबाहरुको लागि सुरक्षित र आकर्षक रोजगार गन्तव्यमा परेको छ।
वैदेशिक रोजगार साथै विभिन्न पेशा ब्यबसाय, अध्ययन गर्नकै लागि ओखलढुंगा जिल्लाबाट पनि धेरै युबाहरु दक्षिण कोरिया गएका छन। वैदेशिक रोजगारी साथै अन्य काममा गएपनी बचेको समयलाई कोरियाबासी ओखलढुंगेलिहरुले आफ्नो मातृभुमिको लागी सामाजिक सस्था “ओखलढुंगा सेवा समाज दक्षिण कोरिया” मार्फत विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आईरहेका छन। आफुले कमाएको केही हिस्सा उनिहरु ओखलढुंगाकै लागि विभिन्न काममा खर्चंदै आएका छन।
शिक्षा, स्वास्थ्य, खेककुद,रोजगारी लगायतका क्षेत्रमा उनिहरुले गरेको सामान्य लगानी पनि प्रसंशा गर्न लायकको छ। ओखलढुंगा सेवा समाज मार्फत जिल्लाभर गरेको आर्थिक/भौतिक/सामाजिक लगानीको हिस्सा भने धेरै छ।
सामाजिक सस्था मार्फत सामाजिक कामको लागि सक्रिय ओखलढुंगा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष समेत रहनु भएका ओखलढुंगा रुम्जाटार निवासी श्रीराम तमु सबैको सहकार्यले सेवामा जुटिरहेको बताउनु हुन्छ।
रोजगारीमा गएकाहरु पनि किन सामाजिक सेवामा लाग्छन भन्ने हाम्रो प्रश्नमा ओखलढुंगा लिखु गाउँपालिकाबाट रोजगारीको लागि कोरिया गएका दिनेश भट्टराई “देश साथै गाउँको सचित्र दुख, समस्या आफुले पनि भोगेको देखेको साथै परदेशिए पछि गाउँघरको माया झनै लाग्ने कारण र सबैको सामुहिक सेवाको भावना बिकास भएको कारण पनि सामाजिक सेवामा लागेको उनी बताउछन”।
ओखलढुंगा जिल्लाभरका विभिन्न सामाजिक कार्यक्रममा ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले पनि अवस्था हेरेर सहभागिता जनाउने गरेको छ। पछिल्लो समयमा असहाय, बिरामी लगायतको सेवामा जुटेको सेवा समाजले केहि समय अगाडि ओखलढुंगाको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोगको लागि नेपालका चर्चित कलाकारहरु संग साङितिक सहकार्य गरि आर्थिक संकलन अभियान पनि शुरु गरेको थियो।
यता दक्षिण कोरियाको रोजगारीबाट फर्किएका ओखलढुंगेहरुले नेपालमै पनि सम्झन लायक विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन।
-ओखलढुंगा सेवा समाज दक्षिण कोरियाका केही गतिविधिहरु फोटो खबर मार्फत…..