माउन्टेन गाइड लाइसेन्सको अनुमति खुल्यो

  • सञ्चार लाइभ प्रकाशित : March 10, 2021
  • SancharLive

पर्यटन क्षेत्रमा लामो समयदेखि खुल्न नसकेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र (माउन्टेन गाइड लाइसेन्स) अनुमति अन्ततः खुल्ला भएको छ । बुधबार एक सूचना जारी गर्दै पर्यटन विभागले लाइसेन्सको आवेदन खुलेको जानकारी दिएको हो ।

नेपालको पर्वतीय पर्यटनलाई थप व्यवस्थित, मर्यादित तथा व्यवसायिक बनाउनका लागि लाइसेन्सको आवेदन खुल्ला गरिएको जनाएको छ ।
विभागका अनुसार इच्छुक आवेदकले आवश्यक प्रक्रिया पु-याई आगामी चैत १ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।