फेरि एक पटक क्रान्ति गर्ने पक्षमा छु- प्रचण्ड

  • सञ्चार लाइभ प्रकाशित : March 12, 2021
  • SancharLive

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको बताउनु भएको छ ।

बिहीबार पेरिसडाँडामा आयोजित नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलामा बोल्दै उहाँ आन्दोलनका उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको भन्दै त्यसलाई परास्त गर्न लडाईं लड्ने बताउनु भएको हो ।

मुलुकको राजनीतिक परिस्थिति जटिल र चुनौतिपूर्ण रहेको उहाको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनपछि षडयन्त्र गरेपछि आफूले त्यसको विरोध गरेको उहाले बताउनु भयो ।