यसम सेवा समाजले बनभोज कार्यक्रमको आयोजना गर्ने

  • सञ्चार लाइभ प्रकाशित : March 17, 2021
  • लिला श्रेष्ठ

बिभिन्न सामाजिक काम गर्दै आएको एसम सेवा समाज ओखलढुङ्गा–काठमाण्डौले आगामी चैत्र २१ गते गते शनिबार मैत्रिपुर्ण बनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ।
ओखलढुंगा लिखु गाउँपालिका स्थित एसमबाट काठ्माण्डौमा आएर बिभिन्न पेशा ब्यबसाय गर्ने समाजसेवीहरुले स्थापना गरेको यसम सेवा
समाज अहिले ओखलढुंगाकै अग्रणी सस्थाको रुपमा चिनिन्छ।
लिखु गाउँपालिका लक्षित बिभिन्न कार्यक्रम गर्दै आएको सेवा समाजले बार्षिक रुपमा गर्ने बनभोजमा सदस्य,सल्लाहकार,समाजसेवी,शुभचिन्तक,लगायतमा सार्बजनिक निमन्त्रणा पनि गरेको छ।

समय-समयमा गरिने बनभोज लगायतका कार्यक्रमले सबै साथीभाई,आफन्त,गाउँले,लगायतसंग भेट हुने र आपसमा मेलामिलापाको भावना सहित टाढा रहेका सबैसंग सामन्जस्यता रहने कारण बनभोज कार्यक्रमको आयोजना गरिएको एसम सेवा समाजका अध्यक्ष सुर्य पाण्डेले बताउनु भएको छ।