वीर गणेशमान सिंह रोड रेसको दोस्रो संस्करण चैत ७ गते हुने

  • सञ्चार लाइभ प्रकाशित : March 17, 2021
  • SancharLive

दोस्रो वीर गणेशमान सिंह रोड रेस प्रतियोगीता यही चैत्र ७ गते हुने भएको छ ।

बुधवार एक कार्यक्रमका बिच वीर गणेशमान सिंह रोड रेस प्रतियोगीताको दोस्रो संस्करण यही चैत्र ७ गते हुने जानकारी गराईएको हो । उक्त प्रतियोगीतामा महिला तथा पुरुषले १० किलोमिटर दौडको छुट्टा छुट्टै प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगीतामा प्रथम हुनेले नगद रु ६० हजार प्राप्त गर्ने छ । उक्त प्रतियोगितामा कूल २ लाख ४० हजार रुपैंयाको नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

प्रतियोगिता चैत ७ गते बिहान दरवारमार्गस्थित शेर्पामलमा हुनेछ ।

यसैबीच दरवारमार्गमा आयोजना हुने रोड रेसमा खटिने निर्णायकहरुलाई आज दशरथ रंगशालामा ब्रिफिङ गरिएको छ ।

त्यस बखत एथलेटिक्सका विज्ञ शुशीलनरसिंह राणका, राजन खत्री र चन्द्र गुरुङले रोडरेसको विस्तृत आंकलन गर्नुका साथै दौडका सिससिलामा आउन सक्ने प्राविधिक पक्षहरु बारे जानकारी गराउनु भएको थियो ।