श्रीलंकामा बुर्का लगाउन प्रतिबन्ध

  • सञ्चार लाइभ प्रकाशित : April 29, 2021
  • SancharLive

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै श्रीलंकामा बुर्कामाथी प्रतिबन्ध लगाउने तयारी भईरहेको छ ।

श्रीलंकाको मन्त्रिपरिषद्ले मुस्लिमसमुदायले लगाउने बुर्का लगायत पुरा अनुहार ढाक्ने गरि लगाइने पहिरनमाथी प्रतिबन्ध लयाउने निर्णय भएको श्रीलङ्काली सञ्चारमाध्यमहरुलाई उदृत गर्दै समाचार संस्था अलजजिराले जनाएको छ ।

अनुहार ढाक्ने कपडा लगाएर हिड्दा राष्ट्रिय सुरक्षमा खतरा बढेको भन्दै मन्त्रिपरिषद् बैठले उक्त प्रस्तावलाई अनुमोदन गरेको हो । उक्त प्रस्ताबमाथी संसदमा सरकारले बहुमत पाएकोले प्रस्तावलाई पारित गर्न अटार्नी जनरलको विभागमा पठाइने बताईएको छ ।