त्रिकोणात्मक क्रिकेट सिरिज जित्ने खेलाडीलाई सरकारले जनही ४ लाख रुपियाँ दिने

  • सञ्चार लाइभ प्रकाशित : April 29, 2021
  • SancharLive

सरकारले त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार नेपाली टोलीका २३ जना खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय भएको छ ।

नेपाली टिमका ३ जना प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ दिईने पनि मन्त्री गुरुङले बताउनु भयो । नेपालले घरेलु मैदानमा भएको भएको नेदरल्याण्डस् र मलेसिया सम्मेलित त्रिकोणात्मक सिरिजको उपाधी जितेको थियो ।