सरकारले १२० जनाको मुद्धा फिर्ता लियो

  • सञ्चार लाइभ प्रकाशित : April 29, 2021
  • SancharLive

सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले बताउनु भएको छ ।

महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको प्रवक्ता गुरुङले भनाई छ ।

मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको उहाँले बताउनु भएको छ ।

जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिइएको छ । यस अघि जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुले आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिनु पर्ने माग राखेका थिए ।