नबिन ढुङ्गेल र नबराज घोरासैनीले ‘चन्द्र कुमारी’को लेंगा राम्रो देखेपछि…….

  • सञ्चार लाइभ प्रकाशित : April 29, 2021
  • लिला श्रेष्ठ

 

नेपाली लोक गीतको क्षेत्रमा एउटा नाम छ नबिन ढुंगेल। लोक संगीतको ग्लामर दुनियामा हिरो साथै सदाबहार गायकको रुपमा चिनिने, धेरै चर्चित लोकगीतमा आफ्नो सुरिलो आवाज भरिसक्नुभएका ढुंगेलले पछिल्लो समयमा काठ क्षेत्रमा लोकगीतका राजा मानिने नबराज घोरासैनीसंगै ‘चन्द्र कुमारी’ नामक गीत सहितको भिडियो संगीत बजारमा पेश गर्नुभएको छ ।
गीतमा नबिन ढुंगेल, नबराज घोरासैनी,मंजु गौतम र मनिषा घोरासैनीको स्वर रहेको छ भने नबराज घोरासैनीको शब्द,नबिन ढुंगेलको सङ्कलन र कमल सौरागले संगीत संयोजन गरेका छन् ।
लोकगीत संगीतको क्षेत्रमा फरक स्वादको चन्द्रकुमारी गीतले अहिले लोक दोहोरीको बजार निकै तातेको छ। सजिलैसंग गाउँ मिल्ने भएकाले पनि बिभिन्न स्थानमा हुने दोहोरि कार्यक्रममा चन्द्रकुमारी गीतले स्थान पाउने थालिसकेको छ।
”नाचेउ कान्छी सारी र लेंगामा
आजको दिन हुने भो हंगामा”
यस्ता मिठा साथै आयातित शब्दहरुलाई सपक्क टिपेर बुनिएका शब्द सिर्जना बास्तबमै लोक माधुर्यताका पर्यायबाची नै भएका छन्।
”सबको ध्यान मै तिर मोड्ने हो
नाची नाची रेकर्डै तोड्ने हो”

चर्चित कोरियोग्राफर सन्तोष राजबाहकको कोरीयोग्राफी रहेको भिडियोलाइ राज के.सीले निर्देशन गरेका छन भने भिडियोमा बिक्रम नेपाली र पूजानाथको अभियनय रहेको छ। राम कुमार के.सी.ले छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।म्युजिक भिडियो नबराज घोरासैनीले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत् सार्बजनिक गरेका छन् ।

(हेर्नुहोस चन्द्रकुमारी गीतको भिडियो)