तेक्वान्दो खेलमा महिलालाई अवसरको खाँचो

  • सञ्चार लाइभ प्रकाशित : May 7, 2021
  • SancharLive

ईलामकी कुमारी राई ब्यबसायिक तेक्वान्दो खेलाडी साथै प्रशिक्षक हुन्। तेक्वान्दो खेल भन्दा उनको अरु जागिर वा ब्यबसाय छैन। खेल जीबनमा उनले धेरै प्रतियोगिताहरु खेलिसकेकी छन् भने रास्ट्रिय तथा स्थानीय स्तरका खेलमा प्रशिक्षक साथै खेलाडिको भूमिकामा उनले मनग्गे सहभागिता जनाईसकेकी छन्।
स्कुल जिबन देखि तेक्वान्द्वो खेलमा लागेकी कुमारी अहिले सम्म यहि खेललाई निरन्तरता दिंदै आएकी छन्। तर खेलाडि साथै प्रशिक्षकको रुपमा राज्य सहित सम्बन्धित संघ संस्थाले मोफसलका खेलाडिहरुलाई बिभिन्न समयमा आएका अवसर नदिने गरेको कारण खेल जीबनलाई कसरि सुरक्षित राख्ने भन्नेमा उनको चिन्ता छ।
जिल्ला खेलकुद बिकास समिति ईलाममा बिभिन्न हैसियतमा काम गरिसकेकी कुमारी राई,उनि सम्बन्धित खेलका बिभिन्न संघ संस्थामा पनि आबद्ध छिन, तर मोफसलमा बिभिन्न राजनैतिक,आर्थिक,भौतिक लगायत समस्याका कारण अवसर शुन्य रहेको उनको गुनासो छ।
अहिले देशैभरि तेकवान्दो खेलमा आकर्षण बढेको बताउने उनि बिभिन्न सृजनात्मक कार्यक्रम गरेर खेलमा महिला खेलाडि साथै प्रशिक्षकलाई बढावा दिन सके राज्यलाई फाईदा हुने उनको तर्क छ।

(हेरौं तेक्वान्दो प्रशिक्षक कुमारी राईका केहि खेलकुद गतिबिधि) –