सगरमाथा आरोहणको बाटो खुल्यो, आइसफल डाक्टरको टोली चुचुरोमा

  • सञ्चार लाइभ प्रकाशित : May 7, 2021
  • SancharLive

वसन्त ऋतुका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ । सगरमाथा आरोहणमा बाटो बनाउन हिँडेको आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको छ ।

सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १० जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ ।

यसअनुसार अब आरोहीहरुलाई चुचुरोतर्फ जाने बाटो खुलेको छ । यो टोलीमा कीर्तिमानी आरोही कामिरिता शेर्पा समेत छन् । उनी २५ औं पटक चुचुरोमा पुगेका छन् ।