कोभिड महामारीको बेला सरकारले गरेको अपराधको जवाफ जनताले दिनेछन् -देउवा

  • सञ्चार लाइभ प्रकाशित : May 10, 2021
  • SancharLive

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कोभिड महामारीको बेला सरकारले गरेको अपराधको जवाफ जनताले दिने बताउनु भएको छ ।

प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले प्रधानमन्त्री ओलीकै कारण आजको अवस्था आइपरेको बताउनुभयो ।

आफ्नो असफलताको दोष अरुलाई थोपर्ने गरेको भन्दै देउवाले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्ण रुपले असफल भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीको वक्तव्य आत्मरति र आत्मप्रशंसामा केन्द्रीत रहेको देउवाको दावीको छ ।