ओखलढुंगा सेवा समाज दक्षिण कोरियाको समन्वयमा बिरामीलाई ज्युट्यो आर्थिक सहयोग

  • सञ्चार लाइभ प्रकाशित : May 11, 2021
  • लिला श्रेष्ठ

लिला श्रेष्ठ,ओखलढुंगा-भौतिक रुपमा आफ्नो मातृभुमिलाई छोडेर विभिन्न पेशा व्यावसाय गर्नको लागि परदेशिनु नेपाली दाजुभाई दिदिबहिनीहरुलाई कुनै रहर छैन र हैन पनि। देशको बिद्यमान परिस्थिति,निम्न आय स्रोत, काम नपाउनु,पारिबारिक अवस्था आदि सबै कुराहरूले बिदेशीन सहयोग गरेको हुन्छ।
अहिलेसम्म देशको आय स्रोतको एक हिस्सा वैदेशिक रोजगारीलाई मान्ने गरिएको छ। तर वैदेशिक रोजगार आफैंमा सुरक्षित छैन भन्ने विभिन्न उदाहरणहरु हामीले देख्दै भोग्दै आएका छौँ।
नेपालका विभिन्न स्थानबाट वैदेशिक रोजगारीको लागि बिश्वका धेरै ठाउँमा नेपालीहरु गएका छन। त्यसमा पनि दक्षिण कोरिया युबाहरुको लागि सुरक्षित र आकर्षक रोजगार गन्तव्यमा परेको छ।
वैदेशिक रोजगार साथै विभिन्न पेशा ब्यबसाय, अध्ययन गर्नकै लागि ओखलढुंगा जिल्लाबाट पनि धेरै युबाहरु दक्षिण कोरिया गएका छन। वैदेशिक रोजगारी साथै अन्य काममा गएपनी बचेको समयलाई कोरियाबासी ओखलढुंगेलिहरुले आफ्नो मातृभुमिको लागी सामाजिक सस्था “ओखलढुंगा सेवा समाज दक्षिण कोरिया” मार्फत विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आईरहेका छन। आफुले कमाएको केही हिस्सा उनिहरु ओखलढुंगाकै लागि विभिन्न काममा खर्चंदै आएका छन।
शिक्षा, स्वास्थ्य, खेककुद,रोजगारी लगायतका क्षेत्रमा उनिहरुले गरेको सामान्य लगानी पनि प्रसंशा गर्न लायकको छ। ओखलढुंगा सेवा समाज मार्फत जिल्लाभर गरेको आर्थिक/भौतिक/सामाजिक लगानीको हिस्सा भने धेरै छ।
सामाजिक सस्था मार्फत सामाजिक कामको लागि सक्रिय ओखलढुंगा सेवा समाज दक्षिण कोरियाका सचिब समेत रहनु भएका ओखलढुंगा लिखु निवासी दिनेश भट्टराई सबैको सहकार्यले सेवामा जुटिरहेको बताउनु हुन्छ।
रोजगारीमा गएकाहरु पनि किन सामाजिक सेवामा लाग्छन भन्ने हाम्रो प्रश्नमा सचिब दिनेश भट्टराई “देश साथै गाउँको सचित्र दुख, समस्या आफुले पनि भोगेको देखेको साथै परदेशिए पछि गाउँघरको माया झनै लाग्ने कारण र सबैको सामुहिक सेवाको भावना बिकास भएको कारण पनि सामाजिक सेवामा लागेको बताउनुहुन्छ ।
ओखलढुंगा जिल्लाभरका विभिन्न सामाजिक कार्यक्रममा ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले पनि अवस्था हेरेर सहभागिता जनाउने गरेको छ। पछिल्लो समयमा असहाय, बिरामी लगायतको सेवामा जुटेको सेवा समाजले केहि समय अगाडि ओखलढुंगाको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोगको लागि नेपालका चर्चित कलाकारहरु संग साङितिक सहकार्य गरि आर्थिक संकलन अभियान पनि शुरु गरेको थियो।
यता दक्षिण कोरियाको रोजगारीबाट फर्किएका ओखलढुंगेहरुले नेपालमै पनि सम्झन लायक विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ।

यस्तै अवस्थालाई मध्यनजर गर्दै केहि समय अगाडि ओखलढुंगा लिखु -७ गामनाङ्गटार निवासी शिद्दी बहादुर खत्री ब्रेन ट्युमर भएर काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहनु भएको सुचना पाए लगत्तै ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले सेवाको आधारमा कोरियामा बस्ने नेपाली मार्फत सहयोग संकलन गरेर बिरामी शिद्दी बहादुर खत्रीलाई संस्थाका निबर्तमान सल्लाहकार पचुराम राई मार्फत हस्तान्तरण गरिने जनाएको छ । | दुइ सन्तानका पिता समेत रहेका उनि अहिले पनि उपचार गराईरहेका छन्।
यता ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले सहयोग गर्ने सहयोगीहरुको नाम समेत सार्बजनिक गरेको छ भने सहयोग गर्ने सम्पूर्णमा धन्यबाद समेत भनेको छ।
—-हेरौं सहयोगीहरुको नामावली

1. ओखलढुंगा सेवा समाज द कोरिया ५०००० ₩
2. तारा बहादुर थापा,लिखु ७०००० ₩
3. दिनेश पौडेल ,लिखु ५०००० ₩
4.दिनेस भट्टराई ,लिखु ३५००० ₩
5.केशव श्रेष्ठ ,खिजिदेम्बा ३०००० ₩
6.दिलिप श्रेष्ठ ,लिखु २५००० ₩
7 नेत्र सोराली मगर,लिखु २५००० ₩
8.राजु मगर ,लिखु २५००० ₩
9 राम बहादुर थापा ,लिखु २०००० ₩
10 चुडा बुढाथोकी,लिखु २०००० ₩
11 रामचन्द्र न्यौपाने, लिखु २०००० ₩
12 हेमन्त बस्नेत, लिखु २०००० ₩
13 धन बेडारी, लिखु २०००० ₩
14 अनिल सुबेदी, लिखु २०००० ₩
15 दिपक बिष्ट,लिखु २०००० ₩
16.दिलिप बस्नेत ,लिखु ३००००₩
17.किर्तीमान पुन ,पर्वत ३००००
18.सतम लामा ,धादिङ्ग २०००० ₩
19 .कान्छी मोक्तान ,लिखु २०००० ₩
20 .राजन गिरि, पर्वत २०००० ₩
21 .पुष्प राज राउत ,मोरङ्ग २०००० ₩
22 .हिरन राई ,मानेभन्ज्याङ्ग २०००० ₩
23 .टंक प्रसाद भण्डारी ,रुपन्देही बुटवल २०००० ₩
24 हिरा राउत,खोटाङ ३५००० ₩
25 सिंहवीर भोलन,हेटौडा मकवानपूर २००००₩
26 G.N शेर्पा , खिजीदेम्बा २०००० ₩
27 केशब भट्टराई , लिखु ४००००₩
28 रुद्र बहादुर बस्नेत ,लिखु ४००००₩
29.डुकेन्द्र भट्टराई, लिखु २०००० ₩
30. आरती बस्नेत ,लिखु २००००₩
31. सन्तोष काप्री ,गोर्खा २०००० ₩
32.फडिन्द्र अधिकारी,मानेभन्ज्याङ्२०००० ₩
33.दिपेश कार्की,इटहरी सुनसरी २००००₩
34. किरण देब राजबंशी , झापा २०००० ₩
35.लक्ष्मण खड्का ,सुर्खेत २०००० ₩
36. प्रेम बोगटी , दैलेख २१००० ₩
37. गौतम गोले केत्तुके २०००० ₩
38. राजेश राई, हिलेपानी ,२०००० ₩
39. अनन्त श्रेष्ठ, मानेभन्ज्याङ ,मोलि २०००० ₩
40. राजेन्द्र थापा मगर, लिखु,२०००० ₩

41. पासाङ शेर्पा , खिजिदेम्बा,३०००० ₩

42. राज आले मगर, मानेभन्ज्याङ ३०००० ₩
43. सुजन बस्नेत, दोलखा,११०००₩
44. श्री राम गुरुङ, रुम्जाटार , १५०००₩
45.मानसिंह गुरुङ, रुम्जाटार,३०००० ₩
46.एम. बि थुलुङ,मानेभन्ज्याङ्,२५००० ₩
47.संग्राम किराति ,हिलेपानी,२०००० ₩
48. अभिस राई , मानेभन्ज्याङ्,३०००० ₩
49. लोकिन्द्र सुनुवार, लिखु २०००० ₩
50. उत्तर बहादुर राई,मानेभन्ज्याङ्, उदयपुर २०००० ₩
51.जय बहादुर राई,मानेभन्ज्याङ्,२५०००₩
52. योगेन्द्र थापा, लिखु, ३०००० ₩
53. पार्बती मोक्तान, लिखु, २०००० ₩
54. प्रकाश बराईली, मोरङ,२०००० ₩
55. नबिन पराजुली , पर्बत , २०००० ₩
56. सबिता मगर, लिखु २०००० ₩
57. इन्द्र गोले, उदयपुर,२०००० ₩
58. आशिक भण्डारी ,इटहरी,११००० ₩
59. दिनेश पौडेल, लिखु,२०००० ₩
60. अशोक न्यौपाने ,सिन्धुपाल्चोक,२०००० ₩
61. अमृत न्यौपाने, सिन्धुपाल्चोक २००००₩
जम्मा उठेको रकम १४८२०००|-₩
हुन आएको नेपाली रकम रू १५४५७९।-
(अक्षरूपी एकलाख चौवन्न हजार पाच सय उनासी रुपैया )