ओखलढुंगाका एक कर्मशील युवाको सहयोग अपिल

  • सञ्चार लाइभ प्रकाशित : May 12, 2021
  • लिला श्रेष्ठ

उनी एक पूर्व प्रहरी हुन्। अहिले पेशाले सेक्युरिटी कम्पनीका मालिक पनि। आफुले सिकेको सीपलाई सरकारी सेवा पछि पनि निरन्तरता दिंदै आएका ओखलढुंगा सिद्दिचरण नगरपालिका ज्यामिरे स्थायी घर हुने बिकास कुमार वाग्लेले आफ्नो सेक्युरिटी कम्पनी मार्फत ओखलढुंगाका झन्डै तीनसय भन्दा बढि युवाहरुलाई प्रत्यक्ष्य-अप्रतक्ष्य रुपमा रोजगारी दिएका छन्।
राजनैतिक,सामाजिक चासो बढि राख्ने वाग्लेले अहिलेको महामारीको यो समयमा आफ्नो सहयोगी मनलाई फेसबुक मार्फत सार्बजनिक गरेका छन्। देश लक्डाउनमा छ। सधै सबैको घरमा एकनासले चुलो बलेको छैन। हामि नेपालि जनता यहाँको राजनैतिक कारणले गरिबीको पहिचान पछ्याईरहेका छौं। यहाँ प्राय सबै श्रमिक, दिनमा कमाई गरेर बेलुका हातमुख जोर्ने अवस्थामा छौं। यो बेलामा मानबियता प्रमुख हुन्छ नै। यसैलाई मध्यनजर गर्दै उनले समस्यामा परेका सम्पुर्णलाई सकेकों सहयोग गर्ने बाचा गरेका छन् भने दुखको बेलामा सबैलाई सहयोग गर्न अनुरोध पनि गरेका छन्।
(-हेरौं वाग्लेले सामाजिक संजाल मार्फत व्यक्त गरेको आफ्नो भावना-जस्ताको तस्तै =- नोट-वाग्लेको भावनालाई सम्पादन गरिएको छैन।)

(आदरणीय पुजनिय ढोगनिय गाउँ बासी दाजुभाइ तथा दिदिबहिनीहरुमा म सिनपा ९ ज्यामिरेको एक युबा बिकास कुमार वाग्लेको नमस्कार !
#आफू #बचौ #अरुलाइ #पनि #बचाऔ #आफ्नो #गाउँ #आफै #सुरक्षित #राखौं
यस कोभिड १९ कोरोना भाइरस को महामारीले हामी सबैलाइ उतिकै पिडा दिइराखेको त सर्बबिधितै छ यश सम्बन्धमा ओखलढुंगा जिल्लामा समेत दिन प्रतिदिन कोरोना संक्रमीत हरुको संख्या बड्दै गैरहेको छ जिल्लामा कोरोना संक्रमण रोकथामको लागि जिल्लाका नेतृत्वबर्ग हरुले विभिन्न किसिमका उपाय र तयारी हरु गरिरहनु भएकै छ आज सम्म जे जति तयारी भएको छ यसको लागि म जिल्ला बासी एक नागरिकको हैसियतले हार्दिक धन्यवाद दिन चाहन्छु आउने दिनहरुमा कोभिड १९ कोरोना भाइरसका कारण कोहि कसैले उपचार नपाएर मृत्यु बरण गर्न नपरोस भन्नको लागि जिल्ला बासी सम्पुर्ण अग्रज नेतृत्व बर्गहरुलाई महामारी समस्या समाधानको लागि तन मन र बचनले लागि पर्न हार्दिक अनुरोध गर्द्छु । साथै यश बिपत घडीमा जिल्ला ओखलढुंगा सि न पा ९ ज्यामिरेमा बसोबाँस गर्ने अति नै बिपन्न बर्ग हरु जो दैनिक जेलादारी गरेर आफ्नो गुजारा चलाई रहनुभएको छ जुन अहिले कोरोना भाइरस रोकथामको लागि सरकारले गरेको लकडाउनको कारण दैनिकी हात मुख जोड्न समेत समस्या भएको छ भने टोल छिमेक सबै मिलि त्यस्ता बर्गहरुलाइ सर सहयोग गर्नुहुन सम्पुर्ण गाउँबासीहरुमा अनुरोध गर्दछु । त्यस्ता बिपन्न बर्गहरुको छनौट गरि आबस्यक परेको सहयोग म एक जिम्मेवार नागरिकको को हैसियतले म जन्मेको माटोको मायाको हैसियतले भनौ या ज्यामिरे गाउँ बासी दाजुभाइ दिदी बहिनी हरुको मायाको लागि निस्वार्थ रुपमा मैले सक्ने सहयोग म आफै मार्फत र मैले नसक्ने सहयोग पहलकदमी मार्फत आबस्यक सहयोग गर्न तयार रहेको कुरा जानकारी गराउन चाहन्छु ।कुनै सहयोग तत्काल गर्नु पर्ने भएमा मेरो मोबाइल नम्बर 9851128999 मा सम्पर्क गर्नुहोला।


अन्तमा : कोरोना भाइरसको कारण मेरो गाउँबासी दाजुभाइ तथा दिदी बहिनिहरुले ज्यान गुमाउन नपरोस भनी मैले पुज्ने भगवान संग प्राथना गरिरहने छु । कोरोना भाइरस बाट बच्न केही समयको लागि अनिवार्य माक्स प्रयोग गरौ सेनिटाइजर प्रयोग गरौ यस्तो अवस्था गाउँमा तत्काल संभावना नहुन सक्छ भने दैनिक रुपमा हुने टोल छिमेकका मानिसहरु संग भेटघाट लाई कमि गरौ कुनै आपतकालिन अबस्थामा गर्नै पर्ने भएमा अनिवार्य नाक मुख ढाकेर आबश्यक भेटघाट गरौ गाउँको नेतृत्व गरेको नेतृत्व बर्गले कोरोना भाइरस नियन्त्रणको लागि आबश्यक तयारी गरौ आफू बचौ र अरुलाइ पनि बचाऔ आफ्नो गाउँ आफै सुरक्षित राखौ।।। )
#जय #नेपाल