एक कर्मठ लायन्स लिडरले आमा गुमाए

  • सञ्चार लाइभ प्रकाशित : May 12, 2021
  • लिला श्रेष्ठ

ओखलढुंगा जिल्ला लिखु गामनाङ्गटार स्थाई घर भई हाल काठमाण्डौ बस्ने समाजसेवी, युबा ब्यबसायी एवं लायन्स लिडर कृष्णराम भट्टराई (प्रकृति) को आमा गंगा देवी भट्टराईको ८९ बर्षको उमेरमा यहि बैसाख २६ गते आइतबार राती १०:१६ बजे निधन भएको छ। सामान्य शारीरिक बिरामी रहनुभएकी उहाँको असामयिक निधन भएको पारिबारिक श्रोतले जनाएको छ।
पछिल्लो समय लायन्स क्लब लगायत अन्य धेरै संघ-सस्था मार्फत हरेक सामाजिक काम गरिरहनु भएका कृष्णराम भट्टराई (प्रकृति)को आमाको निधन प्रति धेरै संघ-सस्था साथै व्यक्तिहरुले गहिरो दुख प्रकट गरेका छन्। सामाजिक संजालका बिभिन्न टुल्सहरुको माध्यम मार्फत साथै उहाँको निवासमै गएर श्रदान्जली सहित समबेदना प्रकट गर्ने गरेका छन्।
यता लायन्स क्लबका विभिन्न तहमा रहनु हुने लिडरहरुले एक समाजसेबी लायन्स सदस्यले आफ्नो आमा गुमाउनु परेको पिडाको शोकलाई शक्तिमा बदल्न अनुरोध गरेको छ।

(स्वर्गीय गंगा देवी भट्टराई प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं, साथै सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना -संचार लाईभ, परिबार ।