ईजरायल प्यालेस्टाईन भिडन्त ८४ जना मारिए (तस्बिरसहित)

  • सञ्चार लाइभ प्रकाशित : May 14, 2021
  • SancharLive

ईजरायल र प्योलेस्टाईन बीच भएको रकेट आक्रमणमा परि ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ भने ४ सय ८० भन्दाबढी घाईते भएका छन ।इजरायली सेनाले आज गाँजाको सिमाना कब्जा गरेको छ ।

प्यालेस्टाईन आतंककारीहरूले इजरायलमा लगातार रुपमा रकेट आक्रमण गरिरहेका छन भने इजरायली लडाकू जेट विमानहरूले पनि गाँजा पट्टीमा निरन्तर आक्रमण गरिरहेको अलजजिराले जनाएको छ । ईद अल–फिÞत्रको आज छुट्टी भएपनि दुबै समुहबाट आक्रमण जारी राखेपछि अन्तराष्ट्रिय समुदायले चिन्ता ब्यक्त गरेको छ ।

हप्तौँदेखि इजरेल–प्यालेस्टाइनबीच पूर्वी जेरुसलेममा चर्किएको तनावपश्चात् लडाइँ सुरु भएको हो।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले ईजरालमा भड्किएको हिंसा तत्काल अन्त्यको माग गर्नुभएको छ । यस्तै इजिप्टको विदेश मन्त्री सामाह शौक्री र रूसी समकक्ष सर्गेई लाभ्रोभ हिंसा रोक्न सहमत भएका छन ।

इजिप्टको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार दुई शीर्ष नेताबीच भएको टेलिफोन बार्तामा इजरायलको रक्तपात रोक्नु पर्नेमा जोड दिएका छन ।

तर इजरायली रक्षामन्त्री बेनी गान्ट्जले घातक आन्तरिक अशान्तिलाई नियन्त्रण गर्न भन्दै ठूलो मात्रामा सुरक्षा फोर्स खटाएको छ । सेना परिचालन संगै देशभरि मिश्रित यहूदी र अरब समुदायबीच थप हिंसा भड्किने संकेत गरिएको छ ।