यो अवस्थामा हामी केही जीवन बचाउन सक्छौं कि…? -लायन्स लिडर-अनन्त प्रसाद भेटवाल

  • सञ्चार लाइभ प्रकाशित : May 14, 2021
  • लिला श्रेष्ठ

-लायन्स क्लब, डिष्ट्रिक्ट ३२५ ए वन्, GST Multiple Coordinator अनन्त प्रसाद भेटवालले कोभिडको कारण अक्सिजन नपाएर भएको मानबिय क्षतिलाई कम गर्नेगरी काम गर्न सबै लायनहरुलाई आग्रह गर्नुभएको छ।
पछिल्लो समय देशका बिभिन्न हस्पिटलमा अक्सिजन कमिको कारण धेरै संक्रमितको ज्यान गएपछि, भेटवालले आफुले प्रयोग गर्ने सामाजिक संजालको एक टुल्स फ्रेसबुक मार्फत भावनात्मक स्टाटस सार्बजनिक गर्दै सकेजति अक्सिजन उपलब्ध गराउन आफुहरु लागि परेको बताउनुभएको छ। हस्पिटल गएका बिरामीहरुको अवस्था दयनीय रहेको र उक्त्त दृश्य देख्दा आफु बिचलित भएको पनि उहाँले भन्नुभएको छ भने सहयोग गर्नेहरुको नाम पनि सार्बजनिक गर्नु भएको छ।

यता सरकारको अत्यासलाग्दो निष्क्रियताका कारण कोरोना संक्रमित सर्वसाधारण छटपटाएर ज्यान गुमाउँदै गरेको अवस्था भयाबह छदैछ भने संक्रमण तथा मत्युदर डरलाग्दो गरी बढेको देखिन्छ ।सरकारले कुनै विकल्प प्रस्तुत नगरी लगातार निषेधाज्ञा जारी गर्दा त्यसको प्रत्यक्ष मार गरीब मजदुर वर्गमा परेको छ। निषेधाज्ञाले गर्दा उनीहरुको रोजीरोटीमा ठुलो समस्या पैदा भएको छ। सरकार एकोहोरो निषेधाज्ञाको घोषणा मात्र गर्छ तर जनताको पक्षमा कुनै राहत प्याकेज घोषणा नगर्दा सर्बसाधारण मारमा छन्।

———————————————————————————————————————

(हेरौं GST Multiple Coordinator अनन्त प्रसाद भेटवालले आफ्नै शब्दमा सार्बजनिक गर्नुभएको फेसबुक स्टाटस जस्ताको तस्तै -)
नोट- उहाको स्टाटसलाई सम्पादन गरिएको छैन।

(Oxygen Concentrator हरु यहि 2021 May 17th मा उपलब्ध हुने सम्भावना रह्यो। हाम्रो डिष्ट्रिक्ट ३२५ ए वन् का धेरै क्लव र लायन साथिहरुले सहयोग गर्ने क्रम बढ्दो छ। आशा गरौं अक्सिजनको कमिको कारण मात्र दिनहुँ ज्यान गुमाईरहनु परेको यो अवस्थामा हामी केहि जीवन बचाउन सफल हुन्छौं कि त??
कतिपय हाम्रा लायन मित्रहर दिनहुँ आफ्ना परिवारजनको निमित्त Hospital मा Bed र Oxygen खोज्न भौंतारिई रहेको देख्दा मन् साह्रै पोल्दो रहेछ… “Hospital मै भर्ना भईसकेको बिरामीका आफन्तलाई Hospital मा Oxygen छैन, कि Oxygen खोजेर ल्याउनुस् नत्र बिरामी लैजानुस” भनेको देख्दा आँखा आफैं रसाउँदा रहेछन्।
!!!! अस्ति एउटा Hospital मा जसरि भएपनि एक बेड मिलाईदिन अनुरोध गर्दा जवाफ आयो,” कुनै भर्ना भएको बिरामी मर्ने बितिक्कै त्यो बेड तपाईंलाई मिलाई दिउँला।” !!!! … अचेल धेरै नै रुन्चे भएको छु म …
केहि थप सहयोगहरु यसरी प्राप्त भईरहेका छन्…
– लायन Hari Dahal 10,0000/- प्राप्त
– लायन Dhiraj Gurung- 25,000/-
– लायन Shanta Kumar Shrestha दोलखा
11,111/-
– LC Ktm Kantipur + LC Ktm Central Mid Town + LC Ktm Okhaldhunga
90,000/- प्राप्त
– LC Ktm Peoples + LC Ktm Dhapakhel + LC Ktm Diversity
90,000/- प्राप्त
– LC Sundarijal 90,000/-
– LC Ktm Gokarneshwor 90,000/-
– LC Ktm Alaukik 50,000/- प्राप्त
– LC Biratnagar Pathibhara 21,000/-
( Club 11,000/-, Lion Ganga Khatiwada Shah 5,000/-, Lion Anjana Kattel Subedi 5,000/-) प्राप्त
– LC Ktm Pashupati Nath 90,000/-
( Lion Rabindra Man Joshi 10,000/-,
Gayatri KC Gautam 34,500/-) प्राप्त
– LC Ktm Shree Ganesh 30,000/-)
TO BE CONTINEU ……..
(—लायन्स क्लब डिष्ट्रिक्ट ३२५ ए वन् का केहि गतिविधिहरु—-)