पोकली झरना सेवा समाज-दुखको साथी

  • सञ्चार लाइभ प्रकाशित : May 15, 2021
  • लिला श्रेष्ठ

-ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका स्थित पोकली गाउँ लगायत अन्य क्षेत्रलाई आधार बनाएर सामाजिक काम गर्दै आएको ओखलढुंगा जिल्लाकै अग्रणी सस्था पोकली झरना सेवा समाजले आफ्ना सदस्यका आफन्तको निधनमा सस्थागत समबेदना प्रकट गरेको छ।

केहि दिन अगाडि सेवा समाजका आजिबन सदस्य लिखु पोकली निबासी यादव खत्रीको अल्पायुमा निधन भएपछि सस्थाको नियमानुसार रु. एघार हजार एकसय एघार रकम सहित समबेदना पत्र आफन्तलाई प्रदान गरेको छ।

त्यसैगरी सस्थाका आजिबन सदस्य लिखु गामनाङ्गटार निबासी कृष्णराम भट्टराई (प्रकृति) कि आमा गंगादेबी भट्टराईको निधनमा पनि सेवा समाजले समबेदना प्रकट गरेको छ।
सस्थाका अधक्ष्य मिलन बिष्ट साथै महासचिब शम्भु बराल सहितको सस्थागत टोलीले निवासमै गएर समबेदना प्रकट गरको हो।
पछिल्लो समय पोकली झरना सेवा समाज देशकै दोश्रो अग्लो झरना मानिएको पोकली झरनाको भौतिक बिकासमा लागिपरेको छ।