गामनाङ्गटार कति सुन्दर सानो घरबार मेरो

  • सञ्चार लाइभ प्रकाशित : May 16, 2021
  • लिला श्रेष्ठ

(गजल)

हरियाली डाडापाखा बनमारा झार मेरो
आफूभन्दा प्यारो लाग्छ सधैं गामनाङ्गटार मेरो।

तोरीबारी सुनाखरी फुलैफुलको चरन
आहा कति मह दिन्छ माहुरीको घार मेरो।

मादलु र मुर्चुङ्गाको मनै तान्ने भाका
दुख सुख सुनाईदिन्छ सारंगीको तार मेरो।

सिद्दिचरण युगकविको प्यारो ओखलढुङ्गा
गामनाङ्गटार कति सुन्दर सानो घरबार मेरो।

-लिला श्रेष्ठ-ओखल ढुङ्गा- लिखु