चलचित्र निर्देशक चेतन कार्की रहेनन्

  • सञ्चार लाइभ प्रकाशित : May 18, 2021
  • SancharLive

चलचित्र निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको निधन भएको छ । छाउनीस्थित अस्पतालमा उपचारका क्रममा  उनको निधन भएको हो ।

कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी लगायत चलचित्र निर्देशन गरेका थिए । साथै, उनले लगभग १०० चलचित्रका कथा समेत लेखेका छन् । त्यस्तै गीत लेखनमा समेत उनी अब्बल मानिन्छन् ।

उनको निधनपछि गीतकार दिनेश अधिकारीले लेखेका छन्, नेपाली साहित्य, संगीत,कला र संस्कृति क्षेत्रका धरोहर आदरणीय चेतन कार्की दाइ पनि भौतिक रूपमा अब हामीबीच रहनु भएन । हार्दिक श्रद्धाञ्जलि चेतन दाइ !