चीन र कतारसँग हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय

  • सञ्चार लाइभ प्रकाशित : May 18, 2021
  • SancharLive

मन्त्रीपरिषद बैठकले दुई देशसँग अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले चीन र कतारसँग हवाई उडान सञ्चालन निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरोना भाइरसविरुद्धका स्वास्थ्य सामग्री ल्याउन समस्या भएको निष्कर्ष निकाल्दै सरकारले कतारको दोहा र चीनको ग्वान्जाउमा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्टको कोरोना संक्रमण उच्च दरमा फैलिन थालेपछि रोकथाप र नियन्त्रणका लागी सरकारले बैशाख २३ देखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेश जाने तयारी गरि रहेका र विदेशबाट नेपाल फर्कने तयारीमा रहेका हजारौँ नागरिक अलपत्र परेका छन् ।

बैठकमा कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको समीक्षा पनि गरिएको छ । उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानुनी पक्षहरूबारे पनि बैठकमा छलफल भएको बताईएको छ । कानुनी जटिलताका विषयमा कानुन मन्त्रालयलाई अध्ययन गर्ने जिम्मा दिईएको छ