मदनभण्डारीको राजनितिक जिवन

  • सञ्चार लाइभ प्रकाशित : May 18, 2021
  • SancharLive

जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औैं स्मृति दिवस । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना हुदाँ निधन भएको थियो ।

उक्त घटना भएको आज ठीक २८ बर्ष पुग्यो । देशको शासन सत्ता समालिरहेको व्यक्ति र नेतृत्व कर्ताले घटनाको सत्यतथ्य छानि हुन्छ, र दोषीलाई कारवाहीको दायरामा लिन्छौं भन्ने गरेको पनि २८ बर्ष नै पुगेछ । तर घटनाबारे अझै पनि सत्यतथ्य छानविन हुन सकेको छैन । यो हामी सवै नेपालीका लागी दुखद हो ।

२०५० साल पछि एमाले र अन्य कम्युनिष्ट पार्टीबाट पटक पटक प्रधानमत्री हुँदा समेत दासढुंगामा भएको मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाको अलिहेसम्म छानविन हुन सकेको छैन । जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।

जननेता मदन भण्डारीको जन्म विं. स २००९ साल आषाढ १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो। पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिँला छोराको रूपमा उहाँको जन्म भएको थियो । उहाँले प्रारम्भिक शिक्षा जन्मथलोबाटै सुरू भएको थियो । २०२८ सालमा पुष्पलालसँगको भेटपछि उहाँ राजनीतिमा लाग्नु भएको थिया ।

२०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको निर्माण ग¥यो । मदन भण्डारी त्यसको केन्द्रीय सदस्य हुनुभएको थियो । २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भएर सक्रिय राजनिती सुरु गर्नु भएको थियो । २०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बन्नु भएको थियो ।

जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट उहाँको सकृय भुमिका रहेयो । भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

उहाँले प्रतिवादन गरेको जनताको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो ।

लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त मदन भण्डारीले प्रतिपादन गर्नु भएको थियो ।

भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन भण्डारीले गर्नुभएको थियो । जनताको बहुदलीय जनवाद माक्सवादको नेपाली संस्करण थियोे ।

यसै सन्दर्भमा अन्तराष्ट्रिय स्तरमा स्थापति पत्रिका न्युज वीकले मदन भण्डारीको अन्तरवार्ताको शिर्षकमा लेखेको थियो । इन नेपाल कार्ल माक्स लिभ्स अथात नेपालमा कार्लमाक्स जिवित छन् ।

अन्याय सहन नसक्ने उहाँको आफ्नै खालको बिद्रोही स्वभाव थियो । जनताको चाहाना अनुसार देशको राजनिति र शासन व्यवस्था चल्नु पर्छ भन्ने उहाँ मान्यता थियो ।

बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो। यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेनन्।