ओखलढुङ्गाको लिखुमा स्वयंसेवी सर्बपक्षिय समिति निर्माण गरिने,नानीबाबु र सुरेन्द्रलाई समन्वयको जिम्मेवारी

  • सञ्चार लाइभ प्रकाशित : May 20, 2021
  • लिला श्रेष्ठ

-ओखलढुंगा जिल्ला स्थित लिखु गाउँपालिकाका बिभिन्न स्थानमा कोभिड फैलिए संगै पालिका स्तरीय सरोकारवालाहरुको झुम मित्टिङ्ग सम्पन्न भएको छ। बिभिन्न हैसियत राखेर सहभागिता जनाउने प्राय सहभागीहरुले अहिलेको यो अवस्थामा राजनैतिक दलको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

सहभागी सबैले समस्या पहिचान गरि उक्त्त समस्यासंग जुध्न पालिका स्तरीय समिति निर्माण गर्नुपर्ने र उक्त्त समिति मार्फत सम्पर्क समन्वय गरि आफ्नो पालिका भित्र पोजेटिभ देखिएका बिरामीलाई ब्यबस्थापन गर्ने गरि अगाडि बढ्नु पर्ने बताएका छन्।कार्यक्रममा नेकपा एमाले नेता नानीबाबु बुढाथोकी,अधिबक्त्ता समाजसेवी सुरेन्द्र बोगटी,पेशलराज बुढाथोकी, गोकुल खड्का,बुद्दिमान ढुङ्गाना,सुर्य पाण्डे लगायत बिभिन्न सस्थाका प्रतिनिधि सहितको सहभागिता रहेको थियो।

यता समन्वयको जिम्मेवारी नेता नानीबाबु बुढाथोकी र अधिबक्त्ता समाजसेवी सुरेन्द्र बोगटीले लिनु भएको छ।उक्त्त कार्यक्रमले केहि दिनमै समिति निर्माण गरि काम अगाडि बढाईने निष्कर्ष निकालेको छ।