सुरेन्द्र बोगटी संयोजक र गुरु केदार बराल सह-संयोजक रहनेगरी “‘कोभिड नियन्त्रण सहयोग समिति’ गठन

  • सञ्चार लाइभ प्रकाशित : May 21, 2021
  • लिला श्रेष्ठ

-ओखलढुंगा जिल्ला स्थित लिखु गाउँपालिकाका बिभिन्न स्थानमा कोभिड फैलिए संगै, नियन्त्रणका लागि पालिका स्तरीय सरोकारवालाहरुको सहयोग समिति गठनअगाडि बढाईएको छ । अधिबक्त्ता-समाजसेवी सुरेन्द्र बोगटीको संयोजकत्वमा,अर्का समाजसेवी, गुरु केदार बराल सह-संयोजक रहनेगरी “‘कोभिड नियन्त्रण सहयोग समिति” नामक कार्यकारी समिति निर्माण अगाडि बढाईएको हो।

लिखु क्षेत्रमा कोभिडसंग सम्बन्धित समस्या पहिचान गरि उक्त्त समस्यासंग जुध्न पालिका स्तरीय समिति निर्माण अगाडि बढाईएको र उक्त्त समितिले बिभिन्न क्षेत्रमा सम्पर्क समन्वय गरि आफ्नो पालिका भित्र पोजेटिभ देखिएका बिरामीलाई ब्यबस्थापन गर्ने र समस्या फैलन नदिन पालिका,राजनैतिक दल,संघ -सस्था,सम्बन्धित निकाय सबैसंग सहयोग साथै समन्यवयमा काम गर्ने संयोजक सुरेन्द्र बोगटीले बताउनु भएको छ।

कार्यक्रममा साम्सद यग्यराज सुनुवार, नेकपा एमाले नेता नानीबाबु बुढाथोकी,लगायत बिभिन्न सस्थाका प्रतिनिधि सहितको सहभागिता रहेको थियो। सामाजिक संजालको एक टूल्स झुम मार्फत गरिएको कार्यक्रममा साम्सद सुनुवारले आफुले भरपुर सहयोग गर्ने र समितिलाई पुर्ण बल दिन देश बिदेशमा छरिएर रहनुहुने सम्पुर्ण ओखलढुङ्गा बासीलाई अनुरोध समेत गर्नु भएको छ।

संयोजकको जिम्मेवारी पाए लगत्तै “‘कोभिड नियन्त्रण सहयोग समिति” का संयोजक सुरेन्द्र बोगटी र सह-संयोजक गुरु केदार बरालले समितिलाई पुर्णता दिने र समितिले लिएको उदेश्य पुरा गर्ने गरि लगत्तै काम शुरु गरिने बताउनुभएको छ। उक्त्त कार्यक्रमले लिखुका सम्पुर्ण सामाजिक सस्था, बिशेस गरि सेवा समाजहरुका अधक्ष्य,सचिब साथै कोषअधक्ष्य सहितलाई  समितिमा रहने गरि निर्माण प्रस्ताब गरेको छ।