जनमतसंग्रहका लागी तयार भए संयुक्त सरकार बनाएर निकासका लागी सहकार्य गर्न तयार छौं – विप्लव

  • सञ्चार लाइभ प्रकाशित : May 23, 2021
  • SancharLive

नेकपा महासचिव नेत्र बिक्रम चन्द बिप्लवले संसदीय व्यवस्थाकै समस्याका कारण संसद बिघटन हुनुपरेको बताएका छन् । शनिबार बक्तव्य जारी गर्दै उनले शान्ति, स्थिरता एवम् समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आएको उल्लेख गरेका छन् । शान्ति, स्थिरता एवम् समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो । उनले भनेका छन्, यो सत्ता र व्यवस्थाको सङ्कटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र सङ्कटमा धकेल्ने चाल मात्र हुन्छ । त्यस्तै उनले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको सङ्कटको निकास निर्विकल्प रूपले वैज्ञानिक समाजवाद मात्र हुनसक्छ भन्ने आफ्नो भनाई सहि सावित भएको तर्क गरेका छन् । राज्यको सङ्कटलाई उचित निकास दिन संसद्वादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्ने उनको भनाई छ ।