”अझै बाँकी छ है बेद सर-गो अहेड”

  • सञ्चार लाइभ प्रकाशित : May 23, 2021
  • लिला श्रेष्ठ

-जहाँ सम्म लाग्छ यो धर्तीमा मान्छेहरू,आ-आफ्नो कामले आएका हुन्छन। जन्मिदै प्राप्त भएका सीप, ज्ञान र असीम प्रतिभा शक्तिका कारण जीवनमा मानिस आफ्नो कर्तव्य निर्वाह गर्दै जाँदा संसारबाट जाने बेलामा आफूलाई अमरत्व बनाइसक्छ । यो बर्तमान संसारमा अमर व्यक्तित्वहरूको जीवनी बुझ्दा धेरथोर यी कुराहरु पत्तो पाइन्छ । उसो त संसारमा जति पनि मानिसहरूको आगमन हुन्छ तिनीहरूको आफ्नो-आफ्नो ड्युटी हुन्छ । सो पूरा भएपछि मानिस महाप्रस्थानको यात्री बन्छ नै।

प्रसंग यो छ -समाज संरचनाका एक बाहक,गीत सङ्गीतका सौखिन अनि जिल्लाको समाजसेवा र राजनीतिमा समेत क्रियाशील व्यक्तित्व हुन् ओखलढुङ्गा जिल्ला स्थित खिजिदेम्बा गाउँपालिका बर्तमान अधक्ष्य बेद बहादुर रोका। नेपाली काँग्रेसको सिद्धान्त र नीतिलाई अख्तियार गर्दै सो पार्टीका महान् नेता वीपी कोइरालालाई आफ्नो आदर्श नेता मान्ने रोका, राजनीतिलाई निष्ठाको व्रत मान्ने, अनि दुःखी,गरिब,असहाय र छेउ लागेका वर्गप्रति सहानुभूतिशील मन भएका मानिन्छन।

उनी सदाचार र आचरणमा पनि निखुरा लाग्छन् । उनलाई ओखलढुङ्गा जिल्लाका सबै मान्छेहरुले क्लियर मास्टर भनेर चिन्छन। अहिले नेपाली कांग्रेसको तर्फबाट पालिका प्रमुख हुनु अघि ओखलढुङ्गाकै एक माध्यमिक बिद्यालयका हेडमास्टर थिए। धेरै बिधार्थिका गुरु,जनताका सारथी, खास गरी चेतनशील बिकासका डाक्टर, बेद बहादुर रोका सबै खाले बिकासका पर्यायबाची भन्दा मेरा यी शब्दले हार खादैनन् । खासगरी यो स्तम्भकारले चेतनशील बिकासका डाक्टर भन्नुको अर्थ, कुनै पनि भौतिक बिकासका लागि बिकास चेतना आवस्यकता रहन्छ त्यहि चेतनालाई पछि पारिएका जनतासम्म पुर्याउन र स्वत स्फुर्त बिकासको बाढी ल्याउन ऊनी माहिर मानिन्छन।

अहिले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका बिभिन्न बिकासका माध्यमबाट धनी बन्दै गएको छ। सुस्त देखिए जस्तो तर द्रुत गतिमा अगाडी बढ्दै गएको उनले नेतृत्व गरेको पालिका अहिले धेरै सुन्दर छ। सेता हिमाल हेर्दै टक्रक्क बसेको देम्बा हिलले अझ खिजिदेम्बाको मोहनी रुपलाई मगमगाईदिएको छ।
ऊनी अनौपचारिक गफहरुमा पनि भन्छन,”‘सफलता भनेजति त कहाँ पाउन सकिन्छ र, तर पनि प्रयास त् गर्नु पर्यो नि’,– म मात्र हैन उच्च सोच भएका सबै वार्ड अधक्ष्यहरु,सदस्यहरु,कार्यकारी प्रमुख,अनि साथ दिने कर्मचारी साथै मन भित्रका गुनिला जनता, सबै मेरा सारथी हुन् ऊनी भन्छन।

धेरै रसिक देखिने बेद बहादुर रोकालाई यति केहि शब्दले त उनको बायोडाटा पुरा नहोला, तर मैले अहिलेसम्मका समयावधिमा,मेरो मनज्ञानले थाहा पाएसम्म अझै बर्णन त गर्न सकुँला तर म भन्छु ”अझै बाँकी छ है बेद सर -गो अहेड” । छोटकरीमा भन्दा उनको सङ्गतबाट व्यक्तिगत र सामाजिक भावनाहरू टन्नै सिक्न सक्छौं। अनि- बाकी नै छ है बेद सर- हाम्रो लक्ष्य,खिजिदेम्बा गाउँपालिकाको बिकास, ‘सम्ब्रिद्दि र सुरक्षित भविष्य”‘ यत्ति ।

(मैले अधक्ष्य बेद बहादुर रोकाले सहभागिता जनाएका केहि प्रतिनिधिमुलक सार्बजनिक कार्यक्रमहरुका तस्बिर ग्यालरी बनाउने कोशिस गरेको छु) -हेरौं है त –