डा.कल्याण राज शर्माले गरे, अक्सिजन मेसिन सहयोग

  • सञ्चार लाइभ प्रकाशित : May 24, 2021
  • लिला श्रेष्ठ

-ओखलढुंगा लिखु-९ पोकली, लेती निवासी डा.कल्याण राज शर्माले लिखु -ओखलढुंगा कोभिड नियन्त्रण सहयोग अभियानलाई एक थान अक्सजिन मेसिन सहयोग स्वरूप हस्तान्तरण गर्नु भएको छ। अभियानका संयोजक सुरेन्द्र बोगटी मार्फत कोभिड हस्पिटल लिखु गाउपालिका ओखलढुंगालाई मेसिन हस्तान्तरण गर्नुभएको संयोजक बोगटीले बताउनु भएको छ । मेसिन आफैंले अक्सिजन उत्पादन गर्ने हुँदा ईमरजेन्सी बिरामीलाई सहयोग संयोजक बोगटीले जानकारी गराउनु भएको छ।

ओखलढुंगा जिल्ला स्थित लिखु गाउँपालिकाका बिभिन्न स्थानमा कोभिड फैलिए संगै, नियन्त्रणका लागि पालिका स्तरीय सरोकारवालाहरुको सहयोग अभियान गठन पश्चात सहयोगीहरुले स्वत स्फुर्त दिएको सहयोग ग्रहण गर्ने काम अगाडि बढाईएको छ । सुरेन्द्र बोगटीको संयोजकत्वमा,, गुरु केदार बराल सह-संयोजक रहनेगरी “‘कोभिड नियन्त्रण सहयोग अभियान ” नामक कार्यकारी समिति निर्माण गरे संगै सहयोग अभियान अगाडि बढाईएको हो।
अभियानले बिभिन्न क्षेत्रमा सम्पर्क समन्वय गरि आफ्नो पालिका भित्र पोजेटिभ देखिएका बिरामीलाई ब्यबस्थापन गर्ने र समस्या फैलन नदिन पालिका,राजनैतिक दल,संघ -सस्था,सम्बन्धित निकाय सबैसंग सहयोग साथै समन्यवयमा काम गर्ने सह -संयोजक गुरु केदार बरालले बताउनु भएको छ।
उक्त्त मेसिन सहित अन्य स्वास्थ्य सामग्री तत्काल लिखु पुर्याईने पनि सह-संयोजक बरालले बताउनु भएको छ।