गामनाङ्गटार सेवा समाजको अपिल, महामारीमा एक बनौं

  • सञ्चार लाइभ प्रकाशित : May 26, 2021
  • लिला श्रेष्ठ

-ओखलढुङ्गा जिल्लाकै अग्रणी सस्थाको रुपमा बिभिन्न सामाजिक काम गर्दै आएको गामनाङ्गटार सेवा समाजले महामारीसंग जुध्न अपिल गरेको छ। समाजले एक बिज्ञप्ति मार्फत, सम्पुर्णमा सुरक्षित रहन साथै यो विषम परिस्थितिलाई मध्यनजर गर्दै आ-आफ्नो ठाउँबाट सहयोग गर्न पनि अपिल गरेको छ।
समाजले ओखलढुंगा जिल्ला स्थित लिखु गाउँपालिकाका बिभिन्न स्थानमा कोभिड फैलिए संगै, नियन्त्रण साथै सहयोगका लागि अधिबक्त्ता- सुरेन्द्र बोगटीको संयोजकत्व र गुरु केदार बराल सह-संयोजक रहनेगरी “‘कोभिड नियन्त्रण सहयोग समिति” नामक कार्यकारी समिति मार्फत अगाडि जाने पनि बताएको छ ।

लिखु क्षेत्रमा कोभिडसंग सम्बन्धित समस्या पहिचान गरि उक्त्त समस्यासंग जुध्न पालिका स्तरीय समितिले बिभिन्न क्षेत्रमा सम्पर्क समन्वय गरि आफ्नो पालिका भित्र पोजेटिभ देखिएका बिरामीलाई ब्यबस्थापन गर्ने र समस्या फैलन नदिन पालिका,राजनैतिक दल,संघ -सस्था,सम्बन्धित निकाय सबैसंग सहयोग साथै समन्यवयमा काम गर्ने आशा लिएको गामनाङ्गटार सेवा समाजक अधक्ष्य चित्र थापाले बताउनु भएको छ ।
उक्त अभियानमा, लिखु गाउँपालिकामा सक्रिय रहेका सामाजिक सस्था हरु, गाम्नाङटार सेवा समाज, पोकली झरना सेवा समाज,टारकेरावारी सेवा समाज, यसम सेवा समाज, सिंहदेवी सेवा समाज, नर्मदेश्वर सेवा समाज, लेति सेवा समाज सहितका पदाधिकारीहरु यस अभियानमा सदस्य रहि कार्य प्रारम्भ भैसकेको पनि भनिएको छ।

-(हेरौं गामनाङ्गटार सेवा समाजको अपिल जस्ताको तस्तै)-सम्पादन नगरिएको-

हार्दिक अपिल !
आदरणीय महानुभावहरु,,
हाल ब्याप्त Covid- 19 (कोरोना भाइरस) को महामारीले बिश्व नै आक्रान्त छ,! सर्वप्रथम सरकारले जारी गरेको निषेधाज्ञाको पुर्ण पालना गर्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डको पूरापुर पालना गरि यस रोगबाट सुरक्षित रहनुहुन हार्दिक अनुरोध गर्न चाहन्छौं ! यस रोगबाट संक्रमीत भइ उपचार गराइरहनु भएका आम नेपाली दाजुभाइ दिदिबहिनि हरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं र उपचार सफल हुन नसकी देहावसान हुनुभएका महानुभावहरु प्रती भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछौं !
आदरणीय महानुभावहरु!
पछिल्ला केहि दिनयता ओखलढुंगाको लिखु गाउँपालिकामा कोरोना भाइरसका संक्रमितहरु गाउँ गाउँमा व्यापक देखिन थालेको यहाँहरु सबैमा अबगत नै छ,! स्तरिय स्वास्थ्य उपचारको पहुच नभएको हाम्रो जस्तो दुर्गम ठाँउमा भोलिको सम्भावित संकटलाई सामना गर्न तपाइँ हामी समय छदै पुर्व तयारी गर्न अब ढिला भइसकेको हुँदा यस अवस्थालाई मध्यनजर गर्दै लिखु सेवा समाजको बिशेष पहल र लिखु गाउँपालिकामा कृयाशिल हामि विभिन्न सामाजिक संघ सस्था, सामाजिक अभियन्ता, राजनितिक ब्यक्तित्व, पत्रकार,उद्योगी, ब्यवसायी देश तथा बिदेशमा रहनुभएका हाम्रा सुभेच्छुक शुभचिन्तक सबैको राय परामर्शमा समाजसेवि सुरेन्द्र बोगटी संयोजक र गुरु केदार बराल सह- संयोजक रहनु भएको लिखु ओखलढुंगा कोभीड नियन्त्रण सहयोग अभियान गठन गरिएको र लिखु गाउँपालिकामा सक्रिय रहेका सामाजिक सस्था हरु, गाम्नाङटार सेवा समाज, पोकली झरना सेवा समाज,टारकेरावारी सेवा समाज, यसम सेवा समाज, सिंहदेवी सेवा समाज, नर्मदेश्वर सेवा समाज, लेति सेवा समाज सहितको पदाधिकारीहरु यस अभियानमा सदस्य रहि कार्य प्रारम्भ गरिसकेका छौँ ! अत: यस महामारीमा सहयोग पुर्याउन यस सस्थाका पदाधिकारी, सस्थापक/ संरक्षक, सल्लाहकार,आजिवन सदस्य, अन्य सदस्य, सुभेच्छुक शुभचिन्तक, उद्योगी,ब्यबसायी, पत्रकार, स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण महानुभावहरु समक्ष हाम्रो यो अभियानमा सहयोग पुर्याउन स्वास्थ्य सामाग्री लगायत के सहयोग गर्न सकिन्छ “लिखु ओखलढुंगा कोभिड नियन्त्रण सहयोग समिती” मार्फत लिखु गाउँपालिका लाई सहयोग हस्तान्तरण गर्नको निम्ति जे जति सकिन्छ सकेको सहयोग यस गाम्नाङटार सेवा समाजलाई उपलब्ध गराउन हुन हार्दिक अपिल गर्दछौं !
-गाम्नाङटार सेवा समाज ओखलढुङ्गा–काठमाण्डौ परिवार