टेकराज बस्नेतले गरे आर्थिक साथै भौतिक सहयोग

  • सञ्चार लाइभ प्रकाशित : May 27, 2021
  • लिला श्रेष्ठ

-ओखलढुङ्गा लिखु गामनाङ्गटार निवासी युबा ब्यबसायी, समाजसेवी टेकराज बस्नेतले लिखु -ओखलढुङ्गा कोभिड नियन्त्रण सहयोग समिती मार्फत कोभिड हस्पिटल लिखु गाउपालिकालाई संयोजक सुरेन्द्र बोगटी मार्फत रु २५००० रूपैया भन्दा माथी मुल्य पर्ने २५ थान पिपिई र औषधि खरिदलाई रू १५००० सहयोग हस्तान्तरण गर्नु भएको छ।
बिभिन्न संघ-सस्था मार्फत आफ्नो सेवा निरन्तरता दिनुहुने टेकराज बस्नेत पछिल्लो समय बिपन्नको लागि स्वास्थ्य अभियान मार्फत पनि सक्रिय हुँदै आउनुभएको छ। आर्थिक अभाबमा परेका निमुखालाई बिभिन्न माध्यम मार्फत सहयोग गर्दै आउनु हुने बस्नेतलाई लिखु – ओखलढुङ्गा कोभिड नियन्त्रण सहयोग समितीले सहयोगको लागि धन्यबाद समेत भनेको छ।
समाजसेवी बस्नेत लगायतले प्रदान गर्नु भएको पिपिई साथै अन्य स्वास्थ्य सामग्री लिखु गाउपालिकाको कोभिड नियन्त्रणका लागि प्रयोग गरिने संयोजक सुरेन्द्र बोगटीले बताउनु भएको छ।