टारकेराबारी सेवा समाज,कोभिड नियन्त्रणमा सक्रिय बन्दै

  • सञ्चार लाइभ प्रकाशित : May 28, 2021
  • लिला श्रेष्ठ

-ओखलढुंगाको लिखु गाउँपालिकामा कोरोना भाइरसका संक्रमितहरु व्यापक देखिन थालेपछि त्यहाँ स्थित स्थानीय संघ-सस्था,व्यक्ति लगायत, सम्भावित संकटलाई सामना गर्नको लागि भन्दै एक हुन् थालेका छन् । केहि दिन अगाडी “लिखु-ओखलढुङ्गा कोभिंड नियन्त्रण सहयोग समिति” गठन भए संगै उक्त्त समितिलाई सहयोग गर्दै अन्य बिभिन्न समिति/अभियान निर्माण हुन थालेका हुन्।

पछिल्लो समय संगठित हुँदै गईरहेको प्रस्तावित टारकेराबारी सेवा समाज पनि अहिले बिभिन्न सामाजिक काममा लागि परेको छ । लिखु गाउँपालिकाबाट उपत्यकामा आएर बिभिन्न पेशा,ब्यबसाय गर्ने सामाजिक व्यक्तिहरुको पहलमा टारकेराबारी सेवा समाज गठन गरिएको हो।

टारकेराबारी सेवा समाजले बर्तमान अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरमा कोभिड नियन्त्रणका लागि आर्थिक साथै भौतिक सहयोग संकलन गर्न थालेको छ। यता “लिखु-ओखलढुङ्गा कोभिंड नियन्त्रण सहयोग समिति” मार्फत आइसोलेसन् बेड,केही नगद साथै स्वास्थ्य सामग्री प्रदान गरिने पनि सस्थाका संयोजक मोहन बिष्टले जानकारी गराउनु भएको छ।

त्यसैगरी लिखु टारकेराबारीका समग्र युबा, विभिन्न सामाजिक संघ-सस्था, राजनितिक ब्यक्तित्व,पत्रकार, ब्यवसायी देश तथा बिदेशमा रहनुहुने दाजुभाई-दिदीबहिनी, शुभचिन्तक सबैमा सहयोगको लागि पनि अनुरोध गरेको छ।अभियानलाई सबै युवाहरुले साथ् दिनुपर्ने र आगामी दिनमा स्वस्थ टारकेराबारि बनाउन सबै लग्नु पर्ने अभियानका सदस्य गोबिन्द पौडेल (पेस्तोल)  ले बताउनुभएको छ।

समाजले  लिखु ८ को स्थानिय सरकारलाई ध्यानकर्षण गराउने, जनचेतनामुलक काम गर्ने, टारकेराबारी बासीहरुमा कोरोना रोकथाम अभियानमा हातेमालो गरी अगाडि जाने लगायतका कार्यक्रम तय गरिएको संयोजक मोहन बिष्टले बताउनु भएको छ।
टारकेराबारी सेवा समाज सहितको पहलमा यो समाचार तयार पर्दा सम्म झण्डै एक लाख रुपैया संकलन भएको पनि उहाँले बताउनु भएको छ।