नेपाली कांग्रेस लिखु-काठमाण्डौ सम्पर्क समितिले कोभिड नियन्त्रणका लागि बिशेष कार्यक्रम ल्याउदै

  • सञ्चार लाइभ प्रकाशित : May 29, 2021
  • लिला श्रेष्ठ

-नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुङ्गा अन्तर्गत लिखु-काठमाण्डौ सम्पर्क समितिले एक भर्चुयल कार्यक्रमको आयोजना गर्दै ओखलढुङ्गा लिखुमा असामान्य रुपमा फैलिएको कोरोना भाईरसलाई नियन्त्रणका लागि बिशेष कार्यक्रम ल्याउने भएको छ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुङ्गाका सभापति प्रदिप कुमार सुनुवारको प्रमुख आतित्थ्यतामा भएको उक्त्त कार्यक्रममा नेता बालकृष्ण दाहाल,तेजेन्द्र खनाल,प्रकाश दाहाल,भूबन भट्टराई,मन्दिरा दाहाल,सुर्य पाण्डे,देबेन्द्र पाण्डे,सहित सम्पर्क समितिका सदस्य लगायतको उपस्थिति रहेको थियो।


सम्पर्क समितिले सम्पुर्णमा सुरक्षित रहन भनेको छ भने, यो विषम परिस्थितिलाई मध्यनजर गर्दै नियन्त्रण साथै सहयोगका लागि सबै कांग्रेस लगायतसंग हर्दिकतापुर्बक अनुरोध पनि गरेको छ।
लिखु क्षेत्रमा कोभिडसंग सम्बन्धित समस्या पहिचान गरि उक्त्त समस्यासंग जुध्न समितिले बिभिन्न क्षेत्रमा सम्पर्क समन्वय गरि पालिका भित्र पोजेटिभ देखिएका बिरामीलाई ब्यबस्थापन गर्ने र समस्या फैलन नदिन पालिका,राजनैतिक दल,संघ -सस्था,सम्बन्धित निकाय सबैसंग सहयोग साथै समन्यवयमा काम गर्ने जनाएको छ ।
कार्यक्रममा आफ्नो धारणा राख्दै पार्टि सभापति प्रदिप सुनुवारले फरक र जनतामा सिधा पुग्ने खालका कार्यक्रम सम्पर्क समितिले ल्याउनु पर्नेमा जोड दिनुभएको सम्पर्क समिति सभापति बद्रि कार्कीले बताउनु भएको छ।