पौडेल दाजुभाईको सामाजिक सक्रियता-कोभिड नियन्त्रणका लागि अनन्तले दिए पच्चिस हजार पचपन्न

  • सञ्चार लाइभ प्रकाशित : 05/29/2021
  • लिला श्रेष्ठ

-ओखलढुंगा लिखु गाउँपालिका- ८ टारकेराबारीका युबा व्यवसायी, अनलाइन सेक्युरिटिजका संचालक, समाजसेवी,अनन्त पौडेलले टारकेराबारी सेवा समाजले कोभिड नियन्त्रणका लागि संचालन गरेको सहयोग अभियानको लागि पच्चिस हजार पचपन्न रुपिया प्रदान गर्ने भएका छन्। यता पौडेलका भाई नेपाल तरुण दल जिल्ला कार्य समिति सदस्य,समाजसेवी गोबिन्द पौडेल (पेस्तोल) ले पनि रु आठ हजार एकसय सहयोग प्रदान गरेका छन्।

ओखलढुंगा जिल्ला स्थित लिखु गाउँपालिकाका बिभिन्न स्थानमा कोभिड फैलिए संगै, नियन्त्रणका लागि पालिकाका अन्य स्थानमा सरोकारवालाहरुले सहयोग अभियान शुरु गर्दै गर्दा टारकेराबारी सेवा समाजले पनि आफ्नो स्थानमा कोभिड नियन्त्रणका लागि आर्थिक,भौतिक सहयोग संकलन अभियान शुरु गरेको हो।


सहयोग रकम प्रदान गर्ने बाचा गरेका अनन्तले आफ्नो गाउँको लागि अझै आर्थिक भौतिक सहयोग गर्ने बताएका छन्। बिभिन्न समयमा हरेक क्षेत्रमा आफ्नो आर्थिक,भौतिक, नैतिक सहयोग गर्दै आएका उनले संचार लाइभसंगको कुराकानीमा आफ्नो अन्तर्गतमा रहेका हरेक
ब्यबसायमा युवालाई अवसर दिने पनि बताएका छन्।
यता यो खबर तयार पार्दा सम्म टारकेराबारी सेवा समाजले झण्डै तिन लाख हाराहारीमा सहयोग रकम संकलन गरेको समाजका संयोजक मोहन बिष्टले जानकारी गराएका छन्।

अ   भियानले बिभिन्न क्षेत्रमा सम्पर्क समन्वय गरि आफ्नो वडा भित्र पोजेटिभ देखिएका बिरामीलाई ब्यबस्थापन गर्ने र समस्या फैलन नदिन पालिका,राजनैतिक दल,संघ -सस्था,सम्बन्धित निकाय सबैसंग सहयोग साथै समन्यवयमा काम गर्ने सेवा समाजका सदस्य गोबिन्द पौडेल (पेस्तोल) ले बताएका छन्।